संघीय लिम्बुवान मञ्चद्वारा २ जना नेतालाई कारबाही

बिर्तामोड । संघीय लिम्बुवान मञ्च झापाले दुईजना नेतालाई कारबाही गरेको छ । ठुलो संख्यामा मञ्चका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेपछि मञ्चको झापा जिल्ला कार्यसमितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमितिका अर्थ सचिव उमेश उपरकोटी र प्रथम सचिव गौरीमान राईलाई कारबाही गरेको जनाएको छ ।

मञ्चले सचिव उपरकोटी र प्रथम सचिव राईलाई पार्टीको झापा जिल्ला पाँचाँै अधिवेशनको आर्थिक समितिमा रहँदा चरम आर्थिक अनियमितता गरेको आरोप लगाएको छ । उनीहरुलाई हिसाबकिताब बुझाउन पार्टीले पटकपटक आग्रह गर्दा समेत अटेर गरी हिसाबकिताब नबुझाई दायित्वबाट पन्छिन पार्टी परित्याग गरेको संघीय लिम्बुवान मञ्च झापा अध्यक्ष धनबहादुर पङ्धाकले बताएका छन् । पार्टीले हरहिसाब बुझाउन ७ दिने अल्टिमेटम समेत उनीहरुलाई दिएको छ । उनीहरुले सामाजिक सञ्जालमा भ्रामक कुरालाई सुनियोजित तरिकाले भाइरल बनाएकोप्रति पार्टीको ध्यानाकर्षण भएको समेत मञ्चले जनाएको छ ।

‘चित्त नबुझे अन्य पार्टीमा जान मिल्छ’, अध्यक्ष पङ्धाकले भने, ‘तरपार्टीको नियमअनुसार राजिनामा दिनुपर्छ । मिडियामा प्रचारबाजीलाई गर्दैमा जिम्मेवारी सकिदैन ।’ अध्यक्ष पङ्धाकले पार्टीको भेडेटार एकता मन र आत्माबाट नभएको बताए । उनले केही बुद्धिजीवीहरुले आफो फाइदाको लागि एकता गराएको पनि आरोप लगाए । संघीय लिम्बुवान मञ्च नेपालका महासचिव भवीराम तुम्साले भेडेतार एकता विदेशीको इसाराका कारण भएको बताएका छन् । झापा पार्टीका २२ जनाले पार्टी परित्याग गरेको जनाएको भए पनि अध्यक्ष पङ्धाकले ती सबै कार्यकर्ता आफो पार्टीका नभएको बताएका छन् ।

अध्यक्ष पङ्धाकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मञ्चका झापा जिल्ला सचिव राजाहाङ आङथुपोले गरेका थिए ।

Facebook Comments

10 प्रतिक्रिया

  1. Excellent blog here! Also your site loads up very fast!
    What web host are you using? Can I get your affiliate link to your host?
    I wish my website loaded up as quickly as yours lol

  2. Incredible story there. What occurred after? Take care!

  3. That is very attention-grabbing, You’re an excessively skilled blogger.
    I’ve joined your rss feed and sit up for seeking extra of your magnificent post.

    Additionally, I’ve shared your site in my social networks

  4. It is truly a nice and useful piece of info.

    I’m happy that you shared this useful info with us. Please keep us up
    to date like this. Thanks for sharing.

  5. What’s up to all, how is all, I think every one is getting more from
    this web site, and your views are pleasant in favor of
    new viewers.

Leave a Reply

Your email address will not be published.