यसरी गनिँदैछ झापामा पाथीभरा मन्दिरको १६ टन सिक्का (फोटो)

 दमक, भदौ १४ । ताप्लेजुङमा रहेको पूर्वको पवित्र तीर्थस्थल पाथीभरा देवीको मन्दिमा वर्षौदेखि थन्किएका सिक्का झापाको दमकमा धमाधम धोईपखाली गरी सफा गर्ने काम भइरहेको छ श्रद्धालुहरूले भेटीका रूपमा चढाएका सिक्काहरु दमकस्थित कनकाई विकास बैंकले साट्ने भएपछि अहिले सफा गर्ने काम भइरहेको हो। भदौ ५ गते ताप्लेजुङबाट दमक ल्याइएका सिक्का अहिलेसम्म करिब २ लाख गनिएको छ।
श्रद्धालुहरूले भेटीका रूपमा चढाएका सिक्काहरु दमकस्थित कनकाई विकास बैंकले साट्ने भएपछि अहिले सफा गर्ने काम भइरहेको हो। भदौ ५ गते ताप्लेजुङबाट दमक ल्याइएका सिक्का अहिलेसम्म करिब २ लाख गनिएको छ।
पाँच वर्षदेखि सटही हुन नसकेर अव्यवस्थित रूपमा थुप्रिएका १६ टन सिक्का दमकस्थित कन्काई विकास बैंकले दमक ल्याएर धमाधम गणना गर्न थालेको हो। बैंकले साट्ने भएपछि सिक्का ताप्लेजुङबाट ट्रकमा राखेर दमक ल्याइएको थियो। सिक्कालाई अहिले धुने र सफा गर्दै गन्ने कार्य भइरहेको छ।
१६ टन सिक्का गन्न अझै एक महिना लाग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्रचार्यले जानकारी दिए। ‘अहिले धमाधम गन्ने काम भइरहेको छ’, उनले भने ‘भर्खर २ लाख रुपैयाँ गनिएको छ। १६ टनमा करिब ४० लाख होला भन्ने अनुमान छ।’
सिक्कालाई सफा गरी बजारमा ल्याउने उनले बताए। ‘त्यति धेरै पैसा अलपत्र रहनुभन्दा बजारमा ल्याउनुपर्छ भनरे साटेका हौँ’, बज्राचार्यले भने, ‘साटेको पैसाले मन्दिर व्यवस्थापन समितिले पनि केही काम गर्न सक्ने भयो।’

पुराना सिक्का र विदेशी सिक्का के हुन्छ ? मन्दिरबाट ल्याइएका सिक्कामा नेपालका पुराना र विदेशी सिक्काहरु पनि छन्। राजा त्रिभुवनको पालाको २००३ सालको २ पैसा ४ पैसा, ५ पैसालगायत सिक्कासमेत फेला परको छ। यस्तै विदेशी सिक्का समेत भेटिएका छन्। विदेशी पैसा साट्ने अधिकार आफूहरूसँग नभएकाले नेपाल बैंकसँग सहकार्य गर्ने बज्राचार्यले बताए ।

‘विदेशी पैसा त हामीलाई साट्ने अधिकार पनि हुँदैन। हामी नेपाल बैँकसँग सहकार्य गर्छौँ र साट्छौँ’, बज्राचार्यले भने, ‘भारतीय पैसा भने भारतीयहरूमाझ प्रवाह गरिनेछ।’ सीमाका बजार सम्म पनि पुर्‍याएर पनि भारतीय सिक्का साटिने उनले बताए।

उनले नेपालका पुराना पैसाको मूल्य भने नतोकिएको बताए। ‘पुराना नेपाली सिक्काको विषयमा मन्दिर व्यवस्थापन समितिसँग सहकार्य गरेर अघि बढ्छौँ’, उनले भने, ‘यहाँ नसाटिएपनि काठमाडौँमा लगेर साट्नेछौँ।’

 

Source :http://thahakhabar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published.