Home / खेलकुद / बुद्धशान्तिमा वडास्तरीय फुटबल सुरु, वडा नं. १ को विजयी सुरुवात
File Pic

बुद्धशान्तिमा वडास्तरीय फुटबल सुरु, वडा नं. १ को विजयी सुरुवात

बुधबारे, भदौ १८ । पिपुल हेल्पिङ पिपुल समूहको आयोजनामा झापाको बुद्धशान्तिको बुधबारेमा जारी वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको आइतबारको खेलमा वडा नम्बर १ विजयी भएको छ ।

आइतबारको उद्घाटन खेलमा वडा नम्बर ६ लाई १ का विरुद्ध २ गोल गर्दै वडा नम्बर १ विजयी भएको आयोजक समूहका अध्यक्ष विवेश कुमालले बताए । सात वटा वडा रहेको बुद्धशान्तिमा सोमबार वडा नम्बर ३ र ४ भिड्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल भने भदौ २४ गते हुनेछ । जसमा उपाधि विजेताले नगद २० हजार रुपैयाँ र उपविजेताले नगद १५ हजार रुँपैया, शिल्डकप, ट्रफी र प्रमाणपत्र पाउने छन् । उपाधि विजेतालाई गोकुलम रिसोर्ट इटहरीका प्रोपाइटर बुद्धशान्ति निवासी गिरिष दर्नालले प्रथम पुरस्कार र उपविजेतालाई शिक्षा सेवी मुना मदन एकाडेमीका प्रिन्सिपल चेतन ढुङ्गेलले द्वित्तीय पुरस्कार प्रदान गर्नेछन् ।

साथै शिल्डकप र मेडल भने फ्ुयुचर फर्निचर बुधबारेका उमेश उप्रेतीले प्रायोजन गरेको खेल संयोजक सौरभ बस्नेतले बताए ।

Facebook Comments

Check Also

गोर्खा टेलरिङकोे दसैँ तिहार योजना ‘दौरा-सुरुवालमा लक्की ड्र’

‘नेपाली मौलिकता बचाऔँ, नेपाली पोशाक लगाऔँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै झापाको बिर्तामोडमा एक वर्ष पहिलेदेखि …

Leave a Reply

Your email address will not be published.