Home / कला / झरनाकी एउटी फ्यान, जसले हात काटेर लेखिन्-‘आइ लभ यू’

झरनाकी एउटी फ्यान, जसले हात काटेर लेखिन्-‘आइ लभ यू’

कलाकारलाइ भेट्दा दर्शकले सेल्फी खिच्नु, नजिक हुन खोज्नु त कुनै नौलो कुरा भएन । तर, केही यस्ता फ्यान पनि हुन्छन् जो कुनै कलाकारलाइ निकै प्रेम गर्छन् । यस्तै, प्रेम गर्ने फ्यान मध्ये एक हुन् कपनकी सरिता श्रेष्ठ ।

नायिका झरना थापाकी फ्यान सरिताको कथा बेग्लै छ । शुक्रबार चलचित्र ‘ए मेरो हजुर २’को हल रिपोर्ट वुझ्न काठमाण्डौको गोपिकृष्ण हलमा नायिका थापा पुग्दा सरिता भेट भइन् । सरिताले एक्कासी झरनालाइ अंकमाल गरिन् र रुन थालिन् ।

शनिबार उनै सरितालाइ झरनाले मोबाइल गिफ्ट गरिन् । सरिताले आफ्नो नाम परिवर्तन गरेर ‘झरना’ राखेकी छिन् । आठ बर्षको उमेरबाट झरनाका चलचित्र हेर्न थालेकी सरिताले ५३ वटा चलचित्र हेरेको बताइन् । उनीसँग मोबाइल छैन, इन्टरनेट पनि छैन । तर, उनले झरनाका चलचित्र साथीहरुसँग भनेर डाउनलोड गरेर हेरेकी छिन् ।

उनै, सरिताले नायिका झरना थापाका लागि हात काटेर रगतले ‘आइ लभ यू’ समेत लेखेकी रहिछन् । शनिबार गोपिकृष्ण हलमा उनले झरनालाइ विभिन्न उपहार दिइन् । उनले झरनाका तस्बिर काटेर तयार पारेको एल्बम, झरनाका तस्बिरहरु संकलन गरिएको २ वटा फोटो एल्बम उपहार दिइन् । नायिका झरना थापाले पनि उनलाइ मोबाइल गिफ्ट गरिन् ।

झरनासँग अंकमाल गर्दै रोएकी सरिताले झरनालाइ भेट्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् । नायिका झरना थापाले पनि भाग्यमानीले मात्र यस्ता फ्यानहरु पाउने बताइन् ।

 

 

 

Source : Onlinekhabar.com

Facebook Comments

Check Also

गोर्खा टेलरिङकोे दसैँ तिहार योजना ‘दौरा-सुरुवालमा लक्की ड्र’

‘नेपाली मौलिकता बचाऔँ, नेपाली पोशाक लगाऔँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै झापाको बिर्तामोडमा एक वर्ष पहिलेदेखि …

Leave a Reply

Your email address will not be published.