बिर्तामोडमा आदर्श फुड ल्यान्ड

बिर्तामोड, भदौ १९ । बिर्तामोडस्थित पुरानो भद्रपुररोडमा रहेको आदर्श ब्याङ्क्वेट एन्ड फुड ल्यान्ड (Aadarsha Banquet and Food Land) को सोमबार एक भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

एक वर्षअघि सुरु ब्याङ्क्वेटले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक नवीन खरेले जानकारी दिए । ब्याङ्क्वेटका अध्यक्ष यादव ओलीका अनुसार बिर्तामोडमा फरक स्वाद र शान्त वातावरणको रेस्टुरेन्टको अभावलाई आदर्श फुडल्यान्डले पूरा गर्ने योजना बनाइएको छ । कार्यक्रममा बिर्तामोड क्षेत्रका व्यवसायी, बैंकर्स, उद्योगीको सहभागिता रहेको थियो ।

ङ्क्वेटको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । ब्याङ्क्वेटका सञ्चालकहरुले केक काटेर वार्षिकोत्सव मनाएका थिए । कार्यक्रममा गायक तुलसी पराजुलीको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।

Facebook Comments

Check Also

पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न …

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक …

Leave a Reply

Your email address will not be published.