Kamal Thapa in Birtamod

पशुपति शमशेरले जघन्य अपराध गरेको थापाको आरोप

गौरव पोखरेल
बिर्तामोड, भदौ २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी छाडेर जाने पशुपति शमशेर नेतृत्वको समूहले जघन्य अपराध गरेको आरोप लगाएका छन् ।

संसद् र प्रदेशको चुनाव आउन ३ महिना मात्र बाँकी रहेको वेला पार्टी विभाजन गराएर पार्टी, लाखौं कार्यकर्ता र पार्टीको एजेण्डप्रति जघन्य अपराध गरेको उनको भनाइ थियो ।

मंगलबार बिर्तामोडमा आयोजित पूर्वाञ्चल स्तरीय स्थानीय तह अध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, ‘राप्रपाको विभाजन बलियो राष्ट्रवादी पार्टी निर्माण हुन नदिने र नेपाललाई कहिल्यै हिन्दु राष्ट्र बन्न नदिनेहरुको डिजाइनबाट भएको हो ।’

पशुपति शमशेर हिन्दु राष्ट्र विरोधीहरुको डिजाइनको मोहरा बनेको उनले टिप्पणी गरे ।

‘तर, यसबाट हामीले कत्ति पनि विचलित हुनु पर्ने जरुरी छैन’, उनले कार्यकर्तालाई लक्षित गर्दै भने, ‘यो विपत्ति केही क्षणमा नै टरेर जान्छ । यो घडीमा एकता, आत्मियता र सद्भाव अनिवार्य छ ।’

अर्को प्रसङ्गमा उनले राप्रपा आफ्नो एजेण्डाबाट कहिल्यै पनि विचलित नभएको बताए । ‘जबसम्म सूर्य र चन्द्र रहन्छ, तबसम्म हामी हिन्दु राष्ट्रको मान्यता कहिल्यै पनि समाप्त हुँदैन’, उनले भने ।

अर्को प्रसङ्गमा नेपाल आयल निगमले पेट्रोलियम भण्डारणका लागि खरिद गरेको जग्गाको अनियमितताको विषयमा सरकार नबोलेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

‘कारबाही गर्नु पर्ने अख्तियार दुरुपयोग आयोगले पनि कारबाही अघि बढाउँदैन’, उनले अर्को प्रसङ्गलाई पनि जोडे, ‘केही समयअघि भएको अबौं रुपैयाँ बराबरको कर छलिमा पनि सरकार बोलेन ।’

महामन्त्री भन्छन्-प्रदेशको निर्वाचनमा झापाबाटै खाता खोल्छौं

झापामा राप्रपालाई तेस्रो ठूलो शक्ति बनाउन भूमिका खेलेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलेे प्रदेशको चुनावमा पनि झापाबाट खाता खोल्ने बताएका छन् ।

‘राप्रपा सकियो भन्नेहरुलाई यहीँबाट देखाइदिन्छौं’, उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

राप्रपाले झापाको हल्दिबारी, गौरिगञ्ज र कचनकबल गाउँपालिकाको प्रमुख पदमा जितेको थियो ।

Facebook Comments

Check Also

पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न …

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक …

Leave a Reply

Your email address will not be published.