Home / पछिल्लो / मुलुकको दुर्गतिको जिम्मेवारी कसको ?

मुलुकको दुर्गतिको जिम्मेवारी कसको ?

धर्म गौतम

हामी केटाकेटी हुँदा हामीलाई कसैले, ‘नेपाल कस्तो छ ?’ भनेर सोध्यो भने हाम्रो सहज उत्तर हुन्थ्यो, ‘सुन्दर, शान्त, विशाल !’ कोनि, अचेलका केटकेटीले के उत्तर दिँदा हुन् त्यस्ता प्रश्नको ।

हामीले दिने त्यो उत्तर हाम्रै ज्ञान, कल्पना वा सिर्जना थिएन । हामीले त्यो हाम्रा अग्रजबाट सिकेका थियौँ । हामीले विद्यालयमा गाउने प्रार्थना सभाको गीतमा पनि त्यसै भनिएको थियो । हाम्रा गुरुहरु हाम्रो देशलाई साह्रै राम्रो चित्रण गर्दथे । हाम्रा अग्रजहरुले आफा सिर्जनामा त्यस्तै कुरा संगालेका हुन्थे ।

हिजो आज मलाई मसिना बालबालिकाले, ‘हाम्रो देश कस्तो छ ?’ भनेर सोधे भने म सायद ‘सुन्दर, शान्त, विशाल छ’ भनेर भन्न नसकौँला । अथवा मैले त्यसै भनिहाले पनि उनीहरुले मलाई खेर्न सक्छन्, ‘हो र ?’ भनेर । हामीभन्दा धेरै बाठा छन् हिजोआजका बालबालिका । हाम्रो देश सुन्दर थियो, साँच्चै सुन्दर । त्यस बेलाको सुन्दरतालाई हामीले धेरै मेटिसक्यौँ । मेरा बा १५ दिन लगाएर पशुपतिनाथको दर्शन गर्न नेपाल जानु भएको थियो रे । त्यो पन्ध्र दिन सायद दुईतर्फी होला । उहाँ काठमाडौँमा फलेको गहुँको खुब चर्चा गर्नु हुन्थ्यो ।

मैले पहिलोपटक काठमाडौँलाई आकाशबाट देखेँ । २०३३ सालको कात्तिक अन्त्यतिर । राम्ररी हेर्नै नपाई जहाज बसिहाल्यो । जति देखेँ, साह्रै सुन्दर देखेँ । त्यसपछि त प्रहरीको घेरामा । दोस्रोपटक २०३६ को अन्त्यतिर, पाँचसात दिन बसेँ त्यसपटक । निकै सुन्दर थियो काठमाडौँ । अहिलेजस्तो प्रदूषित भइसकेको थिएन काठमाडौं त्यस बेलासम्म । त्यसपछि पटकपटक गइयो राजधानी सहर तर प्रत्येकपल्ट त्यहाँको बसाइ झन्झन् छोट्याउन मन लाग्ने । अब त त्यस खाल्डामा पस्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । संसारमै प्रदूषित सहरको पहिलो कि दोस्रो स्थान कतामा पर्छौं रे हामी । त्यहाँको पानी यसै खान सकिँदैन थियो निकै पहिलेदेखि नै तर अब त हावा समेत सास र्फ लायक रहेनछ ।

यसरी बिग्रिएको काठमाडौँ मात्रै होइन देशका अधिकांश भाग । अरु त अरु जेनतेन मानिस पुग्नै नसक्ने सगरमाथा क्षेत्रसमेत भनिनसक्नैको फोहर भएछ । समाचारमा आउँछ कहिले कुन देशका कहिले कुन देशका स्वयम्सेवकले त्यहाँ गएर फोहर भेला गरेर उठाएर यता ल्याउँछन् रे ।
हामी बाटो हिँड्दा माईखोला पुगेका बखत तिर्खा लागेको भए अँजुलीमा पानी उठाएर वा पानीमा मुखै गाडेर घट्घट् पिउँथियौँ । त्यसरी पानी पिउनु हुँदैन बिसञ्च हुन्छ भन्ने हिम्मत कसको हुने ? माईखोला त गङ्गा थिइन् गङ्गा । गङ्गाजल पिउँदा कसरी बिरामी परिन्छ ?

हाम्रा अग्रजहरु बाग्मतीको पानी त्यसरी नै पिउँथे रे । अहिले बाग्मतीको अवस्था देख्दा पुराना मानिसका कुरा पत्याउने कि नपत्याउने हुन्छ । हिजोआज त बरु निकै सफा बनाइएको छ रे । साविकमा र्पुयाउन त नसकिएला अचेलै, पछिको कुरा अर्कै हो । हाम्रा सन्तति अलिक सभ्य हुँदै जाँदा त्यो दिन पनि आउला ।

गर्दा नहुने त केही छैन । एक सज्जनले सुनाउँथे, जागिरकै क्रममा उनी एकपटक नेदरल्यान्ड गएछन् । त्यहाँ उनलाई धेरै कुरा देखाइछ । त्यसमध्ये ढलको पानी प्रशोधनको प्लान्ट पनि उनले हेरेछन् । कोनि कुन सहर पो भने याद रहेन । त्यस ठूलो सहरको ढल एक ठाउँमा जम्मा हुँदो रहेछ । त्यहाँबाट अलिक पर लगेर त्यस पानीको ठूलो ताल जस्तो रे, निकै दुर्गन्ध दिने । त्यहाँबाट प्रशोधन प्रक्रिया अगाडि बढ्दो रहेछ । चरणचरणमा यसरी प्रशोधन गर्दै ढलको त्यो पानीलाई समुद्रमा हालिँदो रहेछ । समुद्रको मुखमा पुगेपछि उनलाई त्यो परियोजना देखाउने त्यहाँको निकै ठूलो हाकिमले गाडीबाट ग्लास झिकेर त्यो पानी उघाई घट्घट् पिएछ । त्यसको अर्थ ढललाई समेत प्रशोधन गरेर पिउन लायक पानी बनाउन सकिन्छ । हामी माईखोलामा के गरिरहेछौँ, जगजाहेर छ ।

आफत उति टाढा विदेशहरु गएको छुइन तर गएकाहरुले भनेको सुनेको छु, लेखेको पढेको छु । विज्ञानले गर्न बाँकी नै पो के राखेको छ र भनेजस्तो लाग्छ । निकै वर्ष भयो मैले रोबोर्टका बारेमा पढेको थिएँ । त्यस बेला त्यो साह्रै आश्चर्यजनक थियो । त्यो रोबोर्ट अस्पतालको वार्डमा बिरामीको सेवामा राखिएको थियो । त्यसले बिरामीले अराएको कुरा मान्थ्यो । समयमा बिरामीलाई औषधि दिन्थ्यो । बोल्न नसक्ने बिरामीको इशारा बुझ काम गर्थ्यो । इशारा गर्न पनि नसक्नेको इच्छा उसले तिनका आँखामा पढेर बुझयो । अचम्म भएन त !

तर अहिले आएर यति कुरा कुनै अचम्मको होइन । सेन्सर सिस्टमका निकै उपकरण हामी नै चलाउन थालिसक्यौँ । पचास सय रुपैयाँमा पाइने टर्चलाइट समेत रिमोटबाट चल्छ अचेल । नयाँ पुस्ता यस्ता कुरामा हामीभन्दा धेरै अगाडि छ । मोबाइल अथवा कम्प्युटरले काम गरेन भने ती सामग्री बनाउनेका तफनदौडिहाल्नुस्, स्कुलबाट आएपछि तपाईंको सानो छोरा/छोरीले त्यसलाई चुट्कीका भरमा ठीक गरिदिन सक्छन् । तिनले सकेनन् भने मात्रै दु:ख पाउनुस् ।

पहिले पहिले विज्ञानले गरेका प्रगतिका कथाहरु म खोजीखोजी पढ्ने गर्थें । अब त त्यसो गरी साध्य छैन, दिनमा हजारौं आविष्कार भइरहेका हुन्छन् । परिवर्तनको गति एकदम तीब्र छ । सूचना प्रविधिले त संसारलाई सानो गाउँमा परिणत गरिदिएको छ । हाम्रा पालामा कुनै शब्दको अर्थ बुझिएन भने त्यो बुझाइदिने मानिस खोज्नु पर्दथ्यो । अचेल गुगलमा खोजिरहन पनि पर्दैन भने हुन्छ । एउटा की थिच्ने बित्तिकै फ निस्कनेलाई खोजेको के भन्नु !

फल्ना देशमा यस्तोछ भन्दा आश्चर्य लाग्थ्यो । ढोका हातले खोल्नु पर्दैन, आफत्यसका अगाडि पुगेपछि स्वत: खुल्छ, पानीको धारामा टुटी घुमाउन पर्दैन त्यसको तल हात थाप्दा पानी आफझर्छ । हात पुछ्न रुमाल चाहिँदैन, चिसो हात भनेका ठाउँमा देखाउँदा हर्र तातो हावा आएर हातको पानी सुकाई ओभानो बनाइदिन्छ आदि आदि कुरा सुन्दा आर्श्च लाग्थ्यो । तर आश्चर्य मान्नु पर्ने त केही रहेछ । सामान्य प्रविधि रहेछ ।

ती आश्चर्यका कुरा सुन्दा पढ्दा हामीकहाँ कहिले त्यस्तो होला जस्तो लाग्थ्यो । तर ती सुविधा अहिले हामी माझआइसकेका छन् । बरु पुराना कुरा हराएकामा पीर लाग्न थालेको छ । एक सज्जनले भन्थे यो मोबाइलले साहित्य सिर्जनामा अवरोध गर्न थालेको छ । उहिले प्रेम प्रस्ताव गर्न पत्र लेख्नु पर्थ्यो । कताकता शब्द खोजेर खिपेर प्रेमपत्र लेखिन्थ्यो । कालान्तरमा त्यसले साहित्य रचनामा सघाउँथ्यो । अहिले त हेलो भनिसक्दा काम खत्तम !

विद्यार्थीकालबाटै म राजनीतिमा लागेँ । अविकासको जड पञ्चायती व्यवस्था हो । प्रजातन्त्र आएपछि यी सबै अवरोध समाप्त हुन्छन् । तीव्र गतिमा हामी पनि समुन्नतितिर लम्कन्छौँ । यस्तै यस्तै सोचिन्थ्यो । त्यस्तैत्यस्तै भनिन्थ्यो तर प्रजातन्त्र पुनर्स्थापित भएपछि केही कुरा त बनिए तर मानिस भने बिग्रियो । नेताहरु बिटुलिए । राजनीतिको अर्थ फरयो । हिजोअस्ति एउटा लेख पढेको थिएँ । अचेल माफिया शब्द हाम्राबीच चल्तीमा छ । डा. गोविन्द केसी माफियाले देशको शिक्षा, स्वास्थ्य आदि सखाप पारे भन्छन् । माफिया शब्दको अर्थ कुरुप छ । तर कुनै समयमा माफियाको अर्थ बलवान पुरुष वा सुन्दर स्त्री भन्ने हुन्थ्यो रे । राजनीति हाम्रामा त्यस्तै भएको छ । नेताहरु आफ भन्छन् विकासका कुरामा राजनीति नमिसाऔँ । विकासका कुरा गर्दा राजनीतिबाट माथि उठौँ ।

वास्तवमा राजनीति भनेकै विकासको सम्वाहक हो । त्यसैले देश र जनतालाई समुन्नतितफो दिशानिर्देश गर्ने हो । तर अब राजनीति भन्नेबित्तिकै अधिकांश युवा पुस्ता नाक खुम्च्याउँछ । कति नेताले नै भनेका छन्, नातानातिनाले किन राम्रो काम नगरेर राजनीति गरेको बुवा भनेर सोध्छन् । थाहा छैन यस्ता प्रश्नको उत्तर उनीहरु कसरी दिन्छन् ।

अहिलेका चल्तीका समाचार शीर्षकमा आयल निगम, साझा प्रकाशन, कर फर्स्यौट समिति, नेसनल मेडिकल कलेज छन् । डेढ अर्बभन्दा बढी घोटालाका आरोपीले मन्त्रीलाई बिलासी गाडी दिएको समाचार सायद पछिल्लो घिनलाग्दो समाचार हो । कुनै विधि र प्रक्रिया नर्पुयाई सम्बन्धन दिइएको नेसनल मेडिकल कलेजको सम्बन्धन फिर्ताको समाचारप्रति प्रमुख प्रतिपक्षी दलका नेता आक्रोश पोख्छन् । योभन्दा दुर्गति मुलुकको कस्तो होला ?

Facebook Comments

Check Also

गोर्खा टेलरिङकोे दसैँ तिहार योजना ‘दौरा-सुरुवालमा लक्की ड्र’

‘नेपाली मौलिकता बचाऔँ, नेपाली पोशाक लगाऔँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै झापाको बिर्तामोडमा एक वर्ष पहिलेदेखि …

Leave a Reply

Your email address will not be published.