Home / अर्थ बजार / बाढीपीडित कृषकका लागि १ अर्ब २५ करोडको राहत ल्याइँदै

बाढीपीडित कृषकका लागि १ अर्ब २५ करोडको राहत ल्याइँदै

दमक, २२ भदौ । कृषि राज्यमन्त्री सरिता प्रसाईले कृषि पेशालाई रोजगारमुखी बनाउन वर्तमान सरकार प्रयत्नशील रहेको बताएकी छन् ।
झापाको दमकमा आज बिहान नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले आयोजना भएको पत्रकारसँगको भेटघाटमा उनले कृषिप्रधान नेपालको कृषि पेशालाई आयमूलकसँगै रोजगारमुखी बनाउन सरकारले प्रोत्साहनको नीति ल्याउनेमा जोड दिइन् । उनले कृषि पेशालाई आधुनिकरण गर्न कृषिका हरेक क्षेत्रमा सुविधा दिन आवश्यक रहेको बताइन् ।

गएको साउन अन्तिमतिर आएको बाढीले देशका अधिकंाश कृषि क्षेत्रमा ठुलो क्षति र्पुयाएको उल्लेख गर्दै राज्यमन्त्री प्रसाईंले भनिन्, ‘कृषि क्षेत्रमा पुगेको क्षतिमा कृषकलाई राहत दिन सरकारले विशेष प्याकेज कार्यक्रम ल्याएको छ ।’ सरकारले बाढीपहिरोले कृषि क्षेत्रमा र्पुयाएको क्षतिमा राहत दिन करिब रु १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको समेत राज्यमन्त्री प्रसाईले जानकारी दिइन् । बाढी प्रभावित जिल्लाका किसानलाई क्षतिको अवस्था हेरेर छिट्टै राहत दिने तयारी गरिएको उनको भनाइ थियो ।

बाढीप्रभावित झापाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन समेत गरेकी राज्यमन्त्री प्रसाईले भनिन् ‘जिल्लामा बाढीका कारण कृषि क्षेत्रमा राहत दिन १२ करोड २५ लाख रुपैयाँ छुट्टिएको छ ।’ राज्यमन्त्री प्रसाईका अनुसार कृषिमा धानबाली, कृषि बजारमा र्पुयाएको क्षतिमा प्रकृति हेरेर राहत उपलब्ध गराइने छ ।

झापाको कमल गाउँपालिका, बाह्रदशी, झापा गाउँपालिका, भद्रपुर, बिर्तामोड नगरपालिकाका सयौँ बिघामा लगाएको धानबालीमा बाढीले क्षति पुगेको थियो । त्यस राहत जिल्लास्थित कृषि प्राविधिकहरुको अनुगमन र सिफारिसका आधारमा पीडितहरुसम्म लैजाने व्यवस्था गरिएको उनले जनाइन् । कार्यक्रम युनियनका क्षेत्रीय सभापति विष्णु सुब्बाको अध्यक्षतामा भएको थियो । बिहीबार नै राज्यमन्त्री प्रसाईले पाँचथरको माङमालुङ चिया उद्योगका कृषकहरुसंग भेटघाट गरेकी थिइन् ।

Facebook Comments

Check Also

गोर्खा टेलरिङकोे दसैँ तिहार योजना ‘दौरा-सुरुवालमा लक्की ड्र’

‘नेपाली मौलिकता बचाऔँ, नेपाली पोशाक लगाऔँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै झापाको बिर्तामोडमा एक वर्ष पहिलेदेखि …

Leave a Reply

Your email address will not be published.