जीप दुर्घटनामा १ को मृत्यु, ११ घाइते

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ जीप दुर्घटनामा एक जनाको मुत्यु भएको छ। ११ जना घाइते भएका छन्।

बल्थलीबाट पनौती आइरहेको बा ९ च ७२७७ नम्बरको बोलेरो जीप खोपासी जलविद्युत आयोजनाको पावर हाउस नजिकै बेलुका ६ बजेर ४० मिनेटमा दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी महेन्द्र मरासिनीका अनुसार मृत्यु भएकाको सनाखत हुन बाँकी छ। बनेपास्थित शिर मेमोरियल अस्पतालमा घाइतेहरुको उपचार भइरहेको उनले बताए।

घाइते हुनेहरुमा ललितपुर जिल्ला टौखाल–३ बस्ने सुरेन्द्र दंगाल, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–११ को दिल बहादुर चौलागाई, धुलिखेल नगरपालिका–११ बस्ने अञ्जना लामिछाने, नुवाकोट जिल्ला घर भई बनेपा नगरपालिका–११ बस्ने सीतामाया तामाङ छन्।

यस्तै काभ्रेपलाञ्चोक भगवतिस्थान घर भई बनेपा पुलबजार बस्ने सुलोचना श्रेष्ठ, सोही ठाउँका रोशन श्रेष्ठ, बनेपा नगरपालिका–६ बस्ने सबिना मगर, नमोबुद्ध नगरपालिका बस्ने सानुमाया लामा, रौतहट जिल्ला घर भई  बनेपा तीनधारा बस्ने रोजीना लामा, उनकी छोरी एक वर्षीया आयुषा लामा र बनेपा नगरपालिका–१० बस्ने ध्रुव खत्री घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सुरेन्द्र दंगाल र सीतामाया तामाङलाई ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ। बोलेरो अनियन्त्रित भई सडकबाट करिब ४०÷४५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

Source : thaha khabar.com

Facebook Comments

Check Also

पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न …

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक …

Leave a Reply

Your email address will not be published.