Home / Uncategorized / अस्ट्रेलिया जाने लोभमा ठगिए युवा

अस्ट्रेलिया जाने लोभमा ठगिए युवा

झापा । आइइएलटिएस नगरेरै अस्ट्रेलिया अध्ययनका लागि पठाइदिने भन्दै नेपाली युवालाई ठग्ने मलेसियन गिरोहका एक सदस्य फउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मलेसियन नागरिक रामदास बसकर दासलाई ठमेलबाट फउ गरेको हो । रामदासले गएको ११ जना नेपालीबाट ८ लाखका दरले १ करोड २५ लाख रकम ठगी गरेको उजुरी परेपछि उनलाई फउ गरी आवश्यक कारबाही अगाडि बढाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए ।

लोहनीले भने, ‘बिना आइइएलटिएस अस्ट्रेलियामा रहेको आफो कलेजमा अध्ययनको लागी लैजाने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको देखियो । पटकपटक नेपाल आएर सेमिनार गर्ने, विभिन्न आश्वासन दिने अनि रकम उठाएर जाने गरेको देखियो । फउ परेका मलेसियनको कुरा सुन्दा उनीहरुले अन्य देशमा पनि ठगी गरेको हुन सक्छन् ।’

एसएलसी फेललाई पनि स्टुडेन्ट भिसा !
एसएलसीसमेत पास नगरेकालाई विद्यार्थी बनाएर अस्ट्रेलिया र्पुयाउने भन्दै ११ जनालाई ठगी गर्ने रामदासले काठमाडौँमा सञ्चालित आइएफपी एजुकेसन कन्सल्टेन्सीलाई माध्यम बनाएका थिए । महानगरीय अपराध महाशाखाको वैदेशिक रोजगारी ठगी शाखाका इन्चार्ज डिएसपी मनोहर भट्टका अनुसार आइएफपी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक चिन्टु लामा, अभिनाश गुरुङ र दीर्घ तामाङलाई प्रयोग गरी रामदासले ११ जनाबाट एक करोड २५ लाख रकम ठगी गरेका हुन् ।

उनका अनुसार रामदास गएको जनवरी २६ यता तीनपटक नेपाल आएका थिए । उनले नेपाल आएर विद्यार्थीका लागि सेमिनार आयोजना गरेका थिए । अस्ट्रेलियामा आफो फुचर एकेडेमी कलेज रहेको र बिना आइइएलटिएस अध्ययन नगरेकालाई पनि भिसा मिलाइदिन्छौँ भन्दै रामदासले सेमिनारमा जम्मा भएकालाई लोभ देखाएका थिए । बिनाआइइएलटिएस ८ लाख रुपैयाँमै अस्ट्रेलिया जान पाइने भन्दै रामदासले विद्यार्थी जम्मा पार्ने कन्सलटेन्सीलाई समेत ठगी गरेको डिएसपी भट्टले बताए ।

रामदासले उठाएको रकम पीडितहरुले मलेसियन मूलका अस्ट्रेलियन नागरिक रे रिवेन्द्रको नाममा अस्ट्रेलियामा रहेको बैंक खातामा जम्मा गरेको प्रहरीले जनाएको छ । रकम असुलेपछि उनले पटकपटक अस्ट्रेलियामा रहेको कलेजको विभिन्न नक्कली कागजपत्र बनाएर पठाउने गरेका थिए । लामो समयसम्म पनि भिसा नआएपछि कन्सलटेन्सीले महाशाखामा उजुरी गरेको थियो । महाशाखाले कन्सलटेन्सीकै सहयोगमा रामदासलाई नेपाल झिकाएको थियो ।

डिएसपी भट्टका अनुसार रामदासलाई नेपालमा धेरैजना जम्मा भएका छन्, सेमिनार गर्नुर्पयो भनेर खबर गरेपछि उनी काठमाडौँ आएका थिए । नेपाल आएका रामदासलाई ठमेलको गेस्टहासमा बसेका बेला फउ गरिएको थियो ।

यसरी ठग्न सफल भए रामदास
११ नेपालीलाई ठगी गर्ने रामदास, कन्सलटेन्सी सञ्चालक गुरुङ र तामाङबीच मेलेसियामै चिनजान भएको थियो । रोजगारीको लागि मलेसिया गएर फर्किएका तामाङ र गुरुङले चिन्टु लामासँग मिलेर कन्सलटेन्सी खोले । मलेसियामै हुँदा अस्टे्रलियामा मेरो कलेज छ, बिनाआइइएलटिएस नेपालीहरुलाई स्टुडेन्ट भिसा मिलाइदिन्छु भन्ने आश्वासन देखाएका कारण उनीहरुले रामदासलाई सम्पर्क गरी नेपाल झिकाएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

पीडित ११ जनामा प्रायजसो कन्सलटेन्सी सञ्चालकका आफन्त नै भएको अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताए । सस्तोमा र कम पढेकाले पनि अस्ट्रेलिया जान पाउने र हप्तामा एक दिन मात्र पढाइ हुने बाँकी सबै दिन काम गर्न पाइने आश्वासन दिएका कारण कन्सलटेन्सीले आफै रकम लगाएर आफन्तको नाम पठाएको थियो ।

Facebook Comments

Check Also

बिक्रीवितरणमा रोक लगाइएको ‘फर्मूला दूध’ खुल्लम खुला बिक्री

आश्विन ४, २०७४-केही दिनअघि जन्मिएको बच्चालाई दूध चुसाउन अप्ठ्यारो भएपछि लगनखेलकी माया सापकोटा डाक्टरकहाँ गइन् …

Leave a Reply

Your email address will not be published.