दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुल्यो, टिकट लिन मध्यरातदेखि लाइनमा

काठमाडौं। दशैंका लागि अग्रिम टिकट लिन गोगंबुस्थित नयाँ वसपार्कमा यात्रुहरुको लामो लाइन लागेको छ।

लामो समयको रस्साकस्सीपछि खुलेको अग्रिम टिकट लिन यात्रु बेलुकैदेखि लाइनमा बसेका छन्। कैलालीका विनोद बुढा टिकट लिन मध्यरातमा नयाँ वसपार्क आएर लाइनमा बसेका थिए। ‘कोठाबाट साथीहरुको टोली बनाएर मध्यरातमा आएर टिकटको लागि लाइनमा बसेका हौं।’उनले बिजमाण्डूसँग भने, बेलुकै आएर लाइनमा नबसे टिकट पाउन मुस्किल हुन्छ भन्ने लाग्यो।

महिला,वृद्धवृद्धा र अशक्तका लागि भने टिकट लिन लाइन बस्न पर्दैन।दृष्ट्रिविहिन राजेश चौलागार्इँले आउनेवित्तिकै टिकट पाए।टिकटका लागि धनगढीमा सबैभन्दा लामो लाइन छ भने यात्रुको कम चाप नेपालगञ्ज काउन्टरमा छ।टिकट लिन महिलाको छुट्टै लाइनको व्यवस्था गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अग्रिम टिकटलार्इ व्यवस्थित बनाउने प्रयास गरिएको बताए।

‘अग्रिम टिकट बुकिङलार्इ व्यवस्थित बनाउने प्रयास गरिरहेका छौं।दशैंमा सहज रुपमा यात्रु घर जाने वातावरण तयार गर्ने जिम्मेवारी वहन गरिरहेका छौ’उनले भने,टिकट बिक्री सहज बनाउन स्वयंसेवक समेत खटिएका छन्।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहयोग समेत राम्रो भइरहेको छ।‘गत शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोलीसँग भएको छलफलपछि व्यवसायी अग्रिम टिकट खोल्न सहमत भएका थिए।

Source:http://www.bizmandu.com
Facebook Comments

Check Also

पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न …

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक …

Leave a Reply

Your email address will not be published.