निशानलाई गृहनगरमा भव्य स्वागत

विनोद सापकोटा

उर्लावारी, २७ भदौ । एपीवान टेलिभिजनद्वारा प्रसारित नेपाल आइडलको टप थ्रीमा पुग्न सफल उर्लाबारीका निशान भट्टराईलाई मंगलबार भव्य स्वागत गरिएको छ । विराटनगर, इटहरी, विराटचौक, पथरी, उर्लाबारी लगायतका सहरमा उनलाई स्वागतसहित सम्मान गरिएको हो ।

आयोजक एपीवान टेलिभिजनले फाइनल प्रतिस्पर्धाको पूर्व सन्ध्यामा पारिवारिक भेटघाटका लागि गृहनगर भ्रमण गराउने योजना बनाएको थियो । त्यसै अनुरुप निशान मंगलबार गृह नगर उर्लाबारी आएका हुन् । विराटनगर विमानस्थलमा ओर्लिएका निशानको स्वागत तथा सम्मान त्यहीँबाटै सुरु भएको थियो । विमान स्थलमा निशानका हजारौँ फ्यान रिसिभ गर्न गएका थिए ।

निशानको स्वागतका लागि विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीको समेत उपस्थिति रहेको थियो । नगरप्रमुख पराजुलीले निसान नेपाल आईडल बन्न योग्य प्रतिभावान कलाकार भएकाले उनलाई भोट गर्न आग्रह गरे ।

त्यस्तै, इटहरीमा उनले आफ्नो सांगीतिक प्रस्तुती दिँदै भोटको अपिल गरे । इटहरीमा निसानका समर्थकको भीड बढेपछि प्रहरीले सुरक्षाको कारण देखाउँदै उनलाई विशेष स्कटिङ्ग गरेको थियो । उनले मोरङको विराटचोक, पथरी, मंगलबारे, आइतबारे हुँदै निशान उर्लाबारी चौकमा आएर उकाली ओराली गर्दै.. बोलको गीत गाएर सवैलाई हर्षले रुवाएका थिए ।

निशानले उर्लाबारीमा आयोजित कार्यक्रममा आफुलाई फाईनल सम्म र्पुयाउन आम नेपालीले खुलेर सहयोग गरेको बताए । उनले खास गरी उर्लाबारीका नगरवासीमा विषेश धन्यवाद पनि दिए ।सो कार्यक्रममा उर्लाबारी नगरपालीकाका नगर प्रमुख खडग फागोले निशान उर्लाबारीमा जन्मे हुर्के पनि उर्लाबारीको मात्र नभई राष्ट्रको गौरव भएकोले उनको क्षमताको कदर नेपालीले गर्ने बताए ।

Facebook Comments

Check Also

पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न …

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक …

Leave a Reply

Your email address will not be published.