पूर्वखेलाडी बंगुरपालनमा

विमर्श उप्रेती

दुई वर्षअघिसम्म फबल खेलमा सक्रिय खेलाडी झापा बाहुनडाँगीका पुनम राई अहिले एक सफल बंगुरपालक व्यवसायी बनेका छन् । नेपालको चर्चित फुटबल प्रतियोगिता ‘ए’ डिभिजन, ‘बि’ डिभिजन लगायत खेलका एक कुशल खेलाडी राई खेल क्षेत्रबाट संन्यास लिएलगत्तै बंगुरपालन व्यवसायतर्फ होमिएका थिए ।

नेपाली फुटबल जगतमा ख्याति कमाएका राष्ट्रिय खेलाडीहरु विशाल राई, नवयुग श्रेष्ठ, युगलकिशोर राई, सचिन धिमाल, कर्ण लिम्बूसँगै नेपाल, भारत र भुटानका विभिन्न प्रतियोगिता खेलेका उनको परिचय अहिले फेरिएको छ । ८ वर्षअघि थोरै पुँजी खर्चेर बंगुर पाल्न सुरु गरेको राई परिवारका एक सदस्य झापा बाहुनडाँगीका उनले हिजोआज बंगुरपालन व्यवसायबाटै मनग्य आम्दानी गरिरहेका छन् ।

मेचीनगर ४ आमडाँगीका २८ वर्षीय राईले ८ वर्षअघि घरनजिकै एउटा सामान्य खोर निर्माण गरेर २० हजार रुपैयाँमा ४ वटा बंगुरका पाठा खरिद गरी सो व्यवसाय थालेका थिए । काँकरभिट्टा बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायतर्फ बिबिएस दोस्रो वर्षसम्मको पढाइ पूरा गरेका उनी उक्त व्यवसायमा सक्रिय बन्न थालेको चाहिँ २ वर्ष मात्र भएको छ ।

आफो व्यवसायलाई फराकिलो बनाउने क्रममा अहिले राईले तीनवटा व्यवस्थित खोर बनाएर ती खोरका ४० वटा कोठामा माउ र पाठा गरी १ सय वटा विभिन्न प्रजातिका बंगुर पाल्दैछन् । उनका खोरमा अहिले ल्यान्डरेस, योगसायर, हेम्पासायर, धराने कालो, ब्लाक लार्ज, बक्सायर, ड्युरो, लोकल, मासुका लागि पालिने मेहसानलगायत प्रजातिका बंगुर छन् भने दुई वटा जंगली बँदेल समेत खोरमा हुर्किंदैछन् ।

डेनमार्क, अमेरिका, चाइना, जर्मन र पोर्चुगल देशमा पाइने बंगुरका स्थानीय जातलाई क्रस गरेर जन्माइएका ठिमाहा बंगुर पाल्दै आएका राईले बाहुनडाँगीमा मेरिगोल्ड बंगुर फार्म स्थापना गरेका छन् । फार्ममा पालिएका बंगुरको मासु बिक्रीका लागि मेचीनगर ६ काँकरभिट्टास्थित बाहुनडाँगी रोडमा भर्खरै मेरिगोल्ड प्रेmस हाउस समेत सञ्चालनमा ल्याएका छन् ।

एकजना कामदार बराबर दैनिक न्यूनतम ४ सयदेखि अधिकतम ७ सय रुपैयाँसम्म तलबमा राईले निजी फार्म र फस हाउसमा विभिन्न कामका लागि आवश्यक ७ जना स्थानीय युवालाई रोजगार समेत दिएका छन् ।

उक्त व्यवसायका लागि हालसम्म ४० लाख रुपैयाँ लगानी गरिसकेका राईको फार्म र फ्रेस हाउसमा कार्यरत् जनशक्तिको दैनिक खर्च ३ हजार रुपैयाँ छ भने पालिएका बंगुरलाई चाहिने औषधि, दानापानी, खोराकीमा मासिक ८० हजार रुपैयाँ खर्च हुँदै आएको छ । दैनिक बिहान ४ बजे उठेर फार्मका बंगुरलाई स्याहारसुसार, चारो, खोलेपानी गरेर राति करिब ९ बजेसम्म प्रेmस हाउसमा व्यस्त हुने राईले सम्पूर्ण खर्च कटाएर मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

हालको बजार भाउअनुसार उनको फार्मका बंगुरको मासु प्रेmस हाउसबाट दैनिक १ सय केजीदेखि १ सय १० केजीसम्म बिक्री हुने गरेको छ भने प्रतिकेजी ३ सय रुपैयाँमा बंगुरको मासु र प्रतिकेजी १ हजारदेखि १२ सय रुपैयाँमा बंदेलको मासु उपभोक्ताले खरिद गर्दै आएका छन् ।त्यस्तै, कतिपय बंगुरपालक व्यवसायीले राईले सञ्चालन गरेको फार्ममै पुगेर प्रतिगोटा ३ हजारदेखि ५५ सय रुपैयाँसम्म मूल्य हालेर बंगुरका पाठापाठी र प्रतिगोटा १० हजारदेखि १२ हजार रुपैयाँसम्म मूल्य तिरेर बँदेलका पाठापाठी खरिद गर्ने गरेका छन् । रोजगारीकै लागि स्वदेश नछोड्ने वाचा गरेका युवा व्यवसायी राई व्यवसायलाई थप व्यवस्थित गरी रोजगारविहीन युवाहरुलाई सकेको रोजगार दिने र आफपनि स्वरोजगार बन्ने बताउँछन् ।

Facebook Comments

Check Also

पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न …

प्रचण्डपुत्र प्रकाश दाहाललाई हृदयघात

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक …

Leave a Reply

Your email address will not be published.