Home / विशेष / सडक सञ्जाल विस्तार भएपश्चात् मुहार फेर्दै श्रीअन्तु

सडक सञ्जाल विस्तार भएपश्चात् मुहार फेर्दै श्रीअन्तु

इलाम । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका देवनारायण पोखरेललाई समालबुङदेखि फिक्कलसम्म सडक सञ्जाल बिस्तार भएपश्चात समाजिक जीवनमा आएको परिवर्तन देख्दा अच्चम लाग्छ । उमेरले ७८ नाघेका देवनारायण आफो युवा अवस्थाका दिन सम्झन्छन् र आजसँग तुलना गर्छन् ।

उनी भन्छन्, ‘पहिले दु:ख थियो, बारीमा धान, कोदो, मकै भन्दा अरु हँुदैन थियो’, पोखरेल थप्छन्, ‘अहिले घोरेटो बाटो मासिएर गयो, बाटामा गाडी गुड्न थाले, बारीमा फलेका वस्तुले बजार पाए, हाम्रो दु:खका दिन सकिँदै गयो ।’ पोखरेलका अनुसार अन्तुका अधिकांश गोरेटो र घोरेटो बाटो मासिएर गइसकेका छन् । ‘उबेला ढाडमा खुब नुनका भारी बोकेर हिँडियो, दु:ख गरियो’, विगतमा गरेको दु:ख सम्झिै उनी भन्छन्, ‘अहिले सडक आएपछि अन्तुबासीले सुख पाए ।’

सडक सञ्जाल विस्तार भएसँगै स्थानीय अभिनारायण आचार्य पनि दुग्ध व्यवसायमा लागेका छन् । घरमै १ लाख भन्दा बढी लागतमा दुग्ध डेरी सञ्चालन गरेका आचार्यले घरको र संकलन गरेको दुग्धबाट घ्यु, छुर्पी लगायतका दुग्धजन्य परिकार उत्पादन गर्छन् । उनी भन्छन्, ‘घोडाको माध्यामबाट अरुको भारी बोकिन्थ्यो, जीविकोर्पाजन हुँदै थियो‘, पक्की सडक बनेसँगै घरघरमा गाडी आइपुग्न थाल्यो, परिस्थिति बदलिएसँगै पेशा परिवर्तन गरेर यता लागियो ।’ सडक सञ्जालसँग अन्तु जोडिएसँगै उनीहरुको पेशा समेत परिवर्तन भएको छ ।

फिक्कल श्रीअन्तु बौद्धधाम ३३ किमि सडक योजनाअन्तर्गत सडक निर्माण भएपश्चात अन्तुबासीको जीवनशैलीमा एकाएक परिवर्तन आएको अन्तुबासी बताउँछन् । सडक सञ्जालले मानिसहरुको जीवनमा परिवर्तन ल्याएसँगै यस्तो अुनभव पोखरेल र आचार्यको मात्र होइन समग्र अन्तुबासीसँग छ । सडक सञ्जाल जोडिएसँगै यतिबेला अन्तुको अर्थतन्त्रमा पनि परिवर्तन आएको छ । अन्तुमा उत्पादन हुने खाद्यान्न तथा नगदेबालीले बजार पाएका छन् । यहाँँका हरेक किसानले घरमा कम्तिमा दुईवटासम्म गाई पालेका छन् । व्यावसायिक रुपमा दुग्ध उत्पादन गर्छन् । केही वर्षअघि सम्म उत्पादित तरकारी तथा अन्य सामान बेच्न भारतीय बजार मिरिक दार्जिलिङसम्म पुग्नु पर्थ्यो । तर, सडक बनेपछि स्थितिले धेरै फड्को मारेको छ । तरकारी किन्न व्यापारीहरु घरघरमै आइपुग्न थालेका छन् ।

केहि समयअगाडि सम्म माइजोगमाई गाँउपालिका नयाँबजारमा टेलरिङ व्यवासय गरेका सुनिल मोते अहिले व्यसायसँगै अन्तु फर्किएका छन् । अन्तु भञ्ज्याङ्गमा आफो व्यवसाय सार्नुमा सडकको ठुलो भूमिका रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘कपडाको प्रकार अनुसार अन्य आवश्यक सामग्रीहरु दैनिक रुपमा ल्याउनुपर्ने हुन्छ’, मोते थप्छन्, ‘सधँै हिँडेर जान सम्भव हँुदैन, सडकले मलाई व्यवसायी बन्नमा सहयोग गरेको छ ।’

हिँउदका समयमा अन्तुमा दैनिक आठ सयदेखि एक हजार पर्यटक पुग्ने गरेको प्रबर्द्धन समितिका अध्यक्ष धनक्मार आलेले बताए । सडकका कारण गाउँ नै समृद्ध बनेको उनीहरु बताउँछन् । प्राय: मानिस स्वावलम्बी बनेका छन् । काम गर्नेहरुका लागि पहिले जस्तो कमाउनकै लागि घर छोडेर विदेशिनु पर्ने बाध्यता हट्दै गएको छ । स्थानीयहरुले थोरैमा वार्षिक दुई लाखदेखि धेरैमा २० लाखसम्म कमाउने गरेका छन् ।

सडककै कारण श्रीअन्तु दिनदिनै समृद्धिको शिखर चढिरहेको छ । गाउँ झन्झन् धनी बन्दै गएको छ । पूर्वमा पर्यटकीय क्षेत्रको रुपमा आफो ख्याति कमाएको यो क्षेत्रले इलामको अर्थतन्त्रमा पनि महत्वपुर्ण भूमिका खेलेको छ । अन्तुलाई अझ पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने हो भने मुल बाटो मात्र नभएर अन्य शाखा बाटोहरुको निर्माण र निर्माण गरिएका सडकहरुको स्तर उन्नति गर्न जरुरी रहेको अन्तुबासीहरु बताउँछन् ।

Facebook Comments

Check Also

गोर्खा टेलरिङकोे दसैँ तिहार योजना ‘दौरा-सुरुवालमा लक्की ड्र’

‘नेपाली मौलिकता बचाऔँ, नेपाली पोशाक लगाऔँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै झापाको बिर्तामोडमा एक वर्ष पहिलेदेखि …

Leave a Reply

Your email address will not be published.