निलडेभिडको दिल्ली सपना

हेयर स्टाइल, फेसन डिजाइन र सौन्दर्यका क्षेत्रमा आफाई अब्बल सावित गरिसकेका निलडेभिड कटवाल भर्सटायल छविका साथ भारतको राजधानी नयाँ दिल्लीमा आफो करियर सुरु गर्दैछन् । सेलिब्रेटी हेयर स्टाइलिस्ट कटवालले नेपाल र भारतका विभिन्न सहरमा ५० वटा एकाडेमी र युनिसेक्स सलुन सञ्चालनमा ल्याइसकेका छन् ।

भारतको दिल्ली, सिङ्गापुर, बेलायत र थाइल्यान्डमा हेयर स्टाइल र फेसन डिजाइनिङ सम्बन्धी कोर्स गरेका कटवालले पढ्दादेखि नै दिल्लीमा सलुन र फेसन एकाडमी खोल्ने सपना बुनेका थिए । ‘कहीँ खोल्छु भन्ने थियो भने त्यो दिल्लीमा थियो’, उनले भने, ४३ वर्षको उमेरमा मेरो त्यो सपना पूरा हुँदैछ ।’ सन् २००६ मा सलुन सुरु गर्दादेखि नै उनलाई अभिनेता सलमान खानसँग काम गर्ने सपनाले डोर्होयाइरह्यो । उनी सलमान खानको ‘बिइङ ह्युमन’ सँग जोडिन चाहन्छन् ।

भारतीय रुपैयाँ एक करोडको लगानीमा उनले दिल्लीमा उतै बसेर सलुन खोल्ने योजना बनाएका छन् । महिना दिनभित्र काम सुरु गर्ने तयारीमा लागेका उनी त्यसअघि बेलायतमा मास्टर लेभलको कोर्स गरेर फर्किनेछन् । जसलाई हाइ प्रोफाइल कोर्स भनिन्छ र क्रियटिभ कट र कलर सम्बन्धी तालिम लिनेछन् । दिल्ली प्रोजेक्टका लागि उनका म्यानेजिङ हेड सन्तोष उपाध्यायले सक्रियतापूर्वक काम गरिरहेका छन् । समयमै काम सकिए आउँदो जुन ९ तारिखमा सलुन र एकाडेमीको भव्य उद्घाटन गरिनेछ । आफा धर्मपिता भेनियलको जन्मदिन र पहिलोपटक काठमाडौँमा सलुन खोलिएको दिन जुन ९ भएकाले त्यसैको तयारीका साथ दिल्लीको काम भइरहेको उनले बताए ।

भारतका सिलिगुढी, कलकता, दुर्गापुर, बकारु, झारखण्ड, दार्जिलिङ, कालेबुङलगायत सहरमा एकाडेमी र सलुन सञ्चालनमा ल्याइसकेका उनले मुम्बाईको स्वस्तिक इन्टरप्राइजेजसँगको प्रेmन्चाइजीमा उत्तर प्रदेशको अहलावादमा यही डिसेम्बर २५ मा नयाँ सलुन खोल्दैछ । दुई हजार ४०० वर्गफिट क्षेत्रफल रहने सो सलुन हालसम्मकै सबैभन्दा ठूलो भएको उनको भनाइ छ ।

उत्तर प्रदेशभरि व्यवसायी विजय सोमानीको लगानीमा १० वटा एनडिके युनिसेक्स एकाडमी र सलुन सञ्चालनमा आउनेछन् । गुवाहटीमा पनि चाँडै खोल्ने तयारी भइसकेको छ । स्थानीय व्यवसायीसँगको साझारीमा कटवालले भारतीय सहरहरुमा आफो व्यवसाय विस्तार गरिरहेका छन् । केही समयभित्रै नेपाल र भारतमा भएका सबै सलुन र एकाडेमीको सेटअप र कर्मचारीको पोशाक एकै रङको बनाउने उनको तयारी छ ।

झापा लक्ष्मीपुर स्थायी घर भएका उनले सोही स्थानमा करिब तीन करोड रुपैयाँको लगानीमा एकाडेमी खोल्दैछन् । एक वर्षपछि सुरु हुने सो प्रोजेक्टबारे इन्जिनियरिङ अभ्ययन भइरहेको उनले बताए । एसियाकै १ नम्बर बनाइने सो एकाडेमीमा हेयर, मेकअप, ब्युटी, नेल आर्ट, मेहन्दी, बडी स्पालगायतका कोर्सको विशेष प्रशिक्षण दिइनेछ । त्यस्तै, सलुनलाई चाहिने सम्पूर्ण सामानको बिक्री पनि गर्ने उनले योजना बनाएका छन् । बिर्तामोडमा चाँडै आठ सय वर्गफिट क्षेत्रफलमा सुविधासम्पन्न सलुन सञ्चालनको तयारी पनि धमाधम भइरहेको उनको भनाइ छ । सो सलुनको व्यवस्थापन भाइ राजन कटवालले हेर्नेछन् । नेपालमा १२ वटा प्रेmन्चाइजी सलुन सञ्चालन भइरहेका छन् भने आगामी पाँच वर्षभित्र भारतमा मात्र एक सयवटा र्पुयाइने कटवालको लक्ष्य छ ।

Facebook Comments