पूर्वप्रधानमन्त्री शर्मा र दाहालले गरे पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन

बिर्तामोड, मंसिर २ । एक भव्य कार्यक्रमका बीच दुईजना पूर्वप्रधानमन्त्रीले झापाको बिएन्डसी हस्पिटलले आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको शनिबार उद्घाटन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।

हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईका अनुसार अति विपन्न समुदायले महोत्सवबाट लाभ लिनका लागि आयोजना गरिएको हो । जसमा भारतको मेदान्त हस्पिटलबाट पाँचजना विशेषज्ञ डाक्टर पनि दुई दिनसम्म सहभागी हुनेछन् ।

३ करोड खर्च हुने महोत्सवका लागि ४०० वटा स्वागतद्वार निर्माण गरिएको बताइएको छ । ओपिडी नि:शुल्क गरिएको महोत्सवमा सिटी स्क्यान, एमआरआई, सर्जरी, औषधिलगायतमा पनि छुटको व्यवस्था रहेको हस्पिटकलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
कार्यक्रममा शर्मा र दाहालको रक्तचाप जाँच गरिएको थियो भने दुवै नेतालाई एउटै माला पर्हियाइएको थियो ।

Facebook Comments