हेल्मेटसँगै होटल व्यवसायमा अन्जेश

  • एकराज प्रधान

बिर्तामोडको एसबीआई बैंक नजिकै एउटा सुपारीको बोटमा तलदेखि माथिसम्मै लटरम्मै हेल्मेटैहेल्मेट झुन्डिएका छन् । ती हेल्मेट सबै पुराना हुन् । वशिष्ठ हेल्मेट हाउसले ग्राहकले छाडेका पुराना हेल्मेटलाई त्यसरी आकर्षक रुपमा सजाएको हो ।

बिर्तामोड सहरमा एउटा ब्रान्डको रुपमा परिचित बनेको वशिष्ठ हेल्मेट हाउसका सञ्चालक हुन् अन्जेश भट्टराई । जसले एक दशकअघि सो हेल्मेट हाउस सञ्चालनमा ल्याएका थिए । जतिबेला मोटरसाइकलको संख्या निकै न्यून थियो । ‘बजारमा नयाँ व्यवसाय सुरु गरुँ भन्ने लाग्यो’, व्यवसायी अन्जेश भन्छन्, ‘त्यसबेला हेल्मेट हाउस र मोटरसाइकल एसेसोरिज नयाँ व्यवसाय थियो ।’

मोटरसाइकल शोरुम पनि कम्ती भएको बेला सुरु गरेको उनको यो व्यवसायमा धेरै उतारचढाव आयो । निरन्तर लागिपरेकाले अहिले वाशिष्ठ हेल्मेट हाउस बिर्तामोडमा ब्रान्डको रुपमा परिचित बनेको उनी सुनाउँछन् । अहिले ब्रान्डेड हेल्मेट, लेगार्ड तथा मोटरसाइकलका एसेसोरिजहरु यहाँ उपलब्ध छन् । ‘पहिले कम्ती ब्रान्डका हेल्मेट थिए । एसेसोरिजहरु थिए । अहिले धेरै आए । शोरुम पनि धेरै छन् । व्यवसाय पनि राम्रो छ’, उनले भने ।

यसरी थोरै लगानीबाट सुरु गरी एउटा व्यवसायलाई उचाइमा र्पुयाएका युवा व्यवसायी अञ्जेश अहिले होटल व्यवसायमा आकर्षित बनेका छन् । हरेक कुरालाई क्रिएटिभ तरिकाले काम गरेर समय अनुसारको व्यवस्था गरे सफल बन्न सकिन्छ भन्ने सोच राख्ने अन्जेशले आगामी शुक्रबारबाट बिर्तामोडको आरके कम्प्लेक्समा ‘भो दरबार रेस्टुरेन्ट एन्ड बार’ सञ्चालनमा ल्याउँदैछन् ।

‘होटल गर्नु मेरो पहिलेदेखिकै सपना थियो’, उनले होटल सुरु गर्नुको कारण सुनाए, ‘म साउथ अफिा, सिङ्गापुर, मलेसिया, दुबई, चाइना घुम्न जाँदा, त्यहाँका आकर्षक डिजाइनको होटल देख्दा र लोभलाग्दो परिकार हेर्दा यस्तै व्यवसाय गर्छु भन्ने लाग्थ्यो ।’

आकर्षक कुजी इन्टेरियरसहितको होटलमा उनले ६० लाख रुपैयाँ लगानी गरिसकेका छन् । ५२ वर्षीय अनुभवी किचन सेफको सेवा र मुखमा पानी रसाउने हाइजेनिक खानाका परिकारले खानाका पारखीलाई आकर्षित गर्नेमा उनी ढुक्क छन् । ‘बदनाम बिरयानी’ परिकार रेस्टुरेन्टको विशेष परिकार रहेको उनले सुनाए । होटलमा फिवाईफाई सुविधासहित हुक्का बार, स्वदेशी तथा विदेशी ब्रान्डका पेयपदार्थ, भेज तथा ननभेज स्टाक्टर, इन्डोर क्याटरिङ, बर्थडे पार्टी, अफिसियल पार्टी, गेट टुगेदर लगायतको सुविधा उपलब्ध छ ।

आधुनिक जमानामा आधुनिक किसिमको सेवा दिँदै टिनएजर्सदेखि भीआईपीसम्मलाई लक्षित गरी होटल सुरु गरेको बताउँदै सञ्चालक अन्जेश भन्छन्, ‘वशिष्ठ हेल्मेट हाउस जसरी ब्रान्डको रुपमा परिचित बन्यो, अब भो दरबार रेस्टुरेन्ट एन्ड बारलाई पनि ब्रान्ड बनाउन लागिपर्नेछु ।’

Facebook Comments