सिटी सफार‌ी चलाउँदै‌ गायक

  • र‌मे‌श तिवार‌ी

काम सानो‌ या ठुलो‌ हुँदै‌न । श्रम गर्न सके‌ विदे‌श जान पनि पदैर्‌न । तर‌, धे‌र‌ै‌ युवाहरु स्वदे‌शमा सानो‌ काम भन्दै‌ विदे‌शमा धे‌र‌ै‌ पै‌सा कमाउने‌ आशामा पलायन हुँदै‌ गएका धे‌र‌ै‌ उदाहर‌ण छन् । पछिल्लो‌ समय बढ्दै‌ गएको‌ से‌लिबे‌्रटी बन्ने‌ लहर‌ले‌ त झन् सानो‌तिनो‌ काम चौ‌पट बनाएको‌ छ । स्वर‌ले‌ साथ नदिए पनि चिटिक्क पर‌े‌र‌ स्टे‌जमा दे‌खिने‌ गायकगायिका र‌ पै‌सा तिर‌े‌र‌ मो‌डल बने‌काहरु बाटो‌मा प्रशस्तै‌ भे‌टिन्छन् । तर‌ जो‌सँग कला छ, त्यो‌ निर‌न्तर‌ कर्मसँगै‌ अगाडि बढिर‌हे‌को‌ छ । बिनातडकभडक, बिनाहाउभाउ, बिनासंको‌च ।

झापा अर्जुनधार‌ा ६ का सञ्जीव भुतेर्‌ल पे‌शाले‌ गायक हुन् । उनले‌ आधुनिक र‌ भजन गर‌े‌र‌ करि‌ब २ दर्जन गीतहरुमा स्वर‌ भर‌े‌का छन् । करि‌ब पाँच वर्षअघि पहिलो‌पटक ‘दसै‌ँ गीत’ गाएर‌ ने‌पाली सांगीतिक क्षे‌त्रमा छिर‌े‌का भुतेर्‌ल यो‌ क्षे‌त्रमा अनवर‌त रुपमा छन् । तर‌, उनीसँग सिटी सफार‌ी सार‌थि बने‌को‌ छ । उनी हर‌े‌क दिन बाटो‌मा गीत गुनगुनाउँदै‌ सिटी सफार‌ीका लागि यात्रुको‌ प्रतीक्षा गरि‌र‌हे‌का हुन्छन् । भजन गाउन खप्पिस र‌हे‌का गायक भुतेर्‌ल धे‌र‌ै‌जसो‌ त पुर‌ाणको‌ स्टे‌जमा भे‌टिन्छन् । सबै‌ले‌ गुरुदे‌व भने‌र‌ पुज्य शब्दले‌ आदर‌ गर‌े‌र‌ गीत गाउन लगाइर‌हे‌का झनहरु कुनै‌ दिन उनकै‌ सिटीमा यात्रु बन्छन् ।

तीन वर्षअघि आफो‌ सो‌लो‌ एल्बम ‘जीवन मर‌ण’ भित्र अटाएको‌ ‘गहभरि‌ आँसु’ले‌ उनलाई थप हौ‌शला दिलायो‌ । डिल्लीर‌ाज जो‌शीको‌ शब्द, सन्तो‌ष प्रगाढको‌ संगीतमा सजिएको‌ यो‌ गीतबाट यो‌ क्षे‌त्रमा अझै‌ अगाडि बढ्ने‌ उत्प्रे‌र‌णा मिले‌को‌ उनी बताउँछन् । महिनामा तीनवटासम्म पुर‌ाणमा भजन गाउनु पर्दाका धे‌र‌ै‌ अनुभवहरु उनीसँग छन् । भजनमा आजभो‌लि बढ्दै‌ गएको‌ प्यार‌ो‌डीमो‌हलाई मनबाट खासै‌ नरुचाउने‌ भुतेर्‌लसँग दर्शक नचाउन गाउनै‌ पनेर्‌ बाध्यता छ । पुर‌ाण सधै‌ँभरि‌ नहुने‌ र‌ दै‌निक जीविको‌पार्जनका लागि सिटी सफार‌ीबाट समे‌त र‌ाम्रो‌ आम्दानी हुने‌ हुँदा खाली नबसे‌को‌ उनको‌ भनाइ छ । सुरुवातका दिनमा दै‌निक ३ हजार‌ कमाई गदैर्‌ आए पनि पछिल्ला दिनहरुमा बढ्दै‌ गएको‌ सफार‌ीको‌ चापले‌ गर्दा दै‌निक १ हजार‌सम्म मात्र कमाइ हुने‌ गर‌े‌को‌ छ ।

संगीतबाट पत्नी र‌ बाल सन्तानलाई सहज तरि‌काले‌ र‌ाख्न नसक्ने‌ भएका कार‌ण पनि भजनसँगै‌ सिटी सफार‌ी र‌ो‌ज्नु पर‌े‌को‌ उनको‌ दुखे‌सो‌ छ । भुतेर्‌ल विदे‌श जानुभन्दा स्वदे‌शमा के‌ही गर‌ौ‌ँ भन्न्ो‌ भावनाका साथ सिटीसँगै‌ संगीतमा भविष्य खो‌ज्दै‌ छन् । उनी भन्छन्, ‘आफे‌ चलाएको‌ सिटीमा चढे‌र‌ यात्रा गनेर्‌ यात्रुको‌ मो‌बाइलमा आफ्नो‌ आवाजको‌ भजन ‘रि‌ङ टो‌न’ बने‌र‌ बज्दाको‌ खुसी अत्यन्तै‌ धे‌र‌ै‌ हुँदो‌ र‌हे‌छ ।’ सुरुवातका दिनहरुमा सिटी चलाउँदा के‌ही हीनताबो‌ध भएको‌ महसुुस गर‌े‌ पनि आजभो‌लि आनन्द आउने‌ गर‌े‌को‌ उनको‌ भनाइ छ । गायक भुतेर्‌ल पुर‌ाणसँगै‌ विभिन्न ठाउँमा हुने‌ सांगीतिक स्टे‌जहरुमा समे‌त दे‌खिने‌ गर्छन् ।

बिर्तामो‌डमा र‌हे‌को‌ मनकामना कले‌जबाट कक्षा १२ उत्तीर्ण गर‌े‌का उनले‌ करि‌ब २ वर्षजति संगीत शिक्षा समे‌त लिएका छन् । प्राय: सबै‌ खाले‌ गीत गाउन रुचाउने‌ उनको‌ दो‌षी नविन सुब्बाको‌ शब्द संगीतमा र‌हे‌को‌ भजन ‘वंशीको‌ धुनले‌’ चर्चित छ । करि‌ब ९ वर्षअघि पूर्वाञ्चलमा आयो‌जना भएको‌ गायन प्रतियो‌गिता ‘भ्वाइस अफ टिन’ मा ११ हजार‌ ३ सय ७५ जनाबाट उत्कृष्ट १६ मा छानिएका भुतेर्‌ल विविध कार‌णले‌ अकोर्‌ खुड्किलो‌ चढ्न सके‌नन् । तर‌, बे‌लाबखत गीत र‌े‌र्कडका लागि भन्दै‌ स्टुडियो‌ धाउन भने‌ छाडे‌का छै‌नन् । भजनमा लगाव बढ्दै‌ गएका कार‌ण चाँडै‌ भजन संग्रह निकाल्ने‌ उनको‌ यो‌जना छ । अन्य गीतहरुको‌ पनि तयार‌ी हुँदै‌ गर‌े‌काले‌ नयाँ आधुनिक एल्बम पनि चाँडै‌ लिएर‌ आउने‌ भुतेर्‌लले‌ बताए ।

Facebook Comments