टाइब्रेकरबाट आर्मी सेमिफाइनलमा

काँकरभिट्टा, मंसिर १० । काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकप अन्तर्गत आइतबार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ३-० गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । आर्मीको जीतसँगै नेपाल पुलिस क्लबसँग सेमिफाइनल भिडन्त पक्का भएको छ ।

खेलको म्यान अफ दी म्याच आर्मीका दिनेश हेन्जन घोषित हुँदै नगद १० हजार पाउन सफल भए । खेल अवधिमा आर्मीका लागि दिनेश योञ्जन र सुदूरपश्चिमका लागि जीवन चौधरीले गोल गरेका थिए ।

Facebook Comments