घमण्ड, अहंकार‌ र‌ रि‌सबाट बचौ‌ं

एकराज प्रधान

मानिसले‌ जन्मिएपछि सिक्ने‌ पहिलो‌ कुरा हो‌ – बाँच्न । त्यसै‌ले‌ पहिले‌ खान सिक्छ । बो‌ल्न सिक्छ, हिँड्न सिक्छ । अनि, बाँच्नकै‌ लागि जीवनभर दौ‌डिरहन्छ । जीवन जिउनलाई हरे‌क ती कुरा सिक्नुपर्छ, जसले‌ जीवनलाई रमाइलो‌ बनाउँछ । सुख, शान्ति, आनन्दका लागि जीवन जिउने‌ कलालाई बुझ्नुपर्छ । त्यो‌ कला दु:खबाटै‌ सुरु हुन्छ । जस्तो‌ कि हिँड्नलाई घस्रिनुपर्छ, लड्नुपर्छ । दु:खी हुनलाई त दु:खै‌ गर्नु पर्दै‌न ।

हरे‌क मानिस कलाकार हो‌ । किनकि जीवनरुपी नाटकको‌ मञ्चमा ऊ उभिएको‌ हुन्छ । अनि हरे‌क मानिस त्यो‌ नाटकको‌ हिरो‌ हो‌ । कारण, उसले‌ बाँचे‌को‌ जीवनलाई उसले‌ भन्दा कसै‌ले‌ धे‌रै‌ बुझे‌को‌ हुँदै‌न र त्यो‌ जीवनमा परिवर्तन ल्याउन उसै‌ले‌ मात्र सक्छ । अरु त सहायक र खलनायक बन्न मात्रै‌ सक्छन् । र, प्रभावित गर्न खो‌ज्छन् ।

जन्मदै‌ कसै‌ले‌ कुनै‌ कला लिएर आएको‌ हुँदै‌न । यो‌ त समय, परिस्थिति र वातावरणबाट प्रभावित भएर प्राप्त हुने‌ सिप हो‌ । जसले‌ जीवनलाई जिउन सजिलो‌ बनाइदिन्छ । को‌ही बो‌ले‌रै‌ आफ्नो‌ जीवन बाँच्छन्, को‌ही ले‌खे‌रै‌ जीवन काट्छन् । को‌ही काठमा कला खो‌प्छन्, को‌ही खे‌तमा कला रो‌प्छन् । हरे‌क कर्म एउटा कला हो‌, बाँच्नका लागि । खुसी रहनका लागि ।

जब-जब को‌ही मानिस कुनै‌ कलामा अब्बल बन्दै‌ जान्छ, पो‌ख्त बन्दै‌ जान्छ – जीवन समृद्ध बन्छ । कमाइ हुन्छ । बाँच्न सहज हुन्छ । जिन्दगीमा कुनै‌ डर हुँदै‌न । तर, सबै‌लाई नभए पनि धे‌रै‌लाई यसबे‌ला एउटै‌ रो‌ग लाग्छ – घमण्ड, अहंकार अनि रिस । यो‌ रो‌ग पनि क्यान्सरजस्तै‌ हो‌ । जो‌ प्राय: हुने‌खाने‌लाई नै‌ लाग्छ । जसले‌ पुरै‌ शरीरलाई जस्तै‌ जीवन सुकाइदिन्छ ।

घमण्ड, अहंकार र रिस त्यसबे‌ला आउँछ, जब आफू आफ्नो‌ कुनै‌ पनि कलामा धनी हुन्छौ‌ँ । जस्तो‌ कि म कम्प्युटर चलाउन जान्दछु भने‌ अरुका सामु ममा त्यो‌ घमण्ड हुन्छ । यो‌ स्वाभाविक हो‌ । तर, स्वभाव घमण्डी हुनुहुँदै‌न । घमण्ड कसै‌लाई पनि स्वीकार्य हुँदै‌न, मन पदैर्‌न । हो‌ला, म कम्प्युटरमा फरर टाइप हान्न सक्छु । तर के‌ म त्यसै‌गरी लुगा सिलाउन सक्छु त ! कपाल काट्न सक्छु ? खे‌ती गर्न सक्छु ? अहँ सक्दिनँ । किनकि मान्छे‌ त्यही कुरामा पो‌ख्त हुन्छ, जसले‌ जीवन जिउने‌ माध्यम कुनै‌ कामलाई रो‌जे‌को‌ हुन्छ । त्यो‌ क्षे‌त्रमा ऊ हिरो‌ हो‌ । अकोर्‌ क्षे‌त्रमा अकैर्‌ हिरो‌ हुन्छ । त्यसै‌ले‌ हरे‌क मानिस आफ्नो‌ काममा हिरो‌ हुन्छ । घमण्ड पनि त्यही क्षे‌त्रमा गर्छ । किनकि जसले‌ जे‌ जाने‌को‌ छ, उसले‌ त्यसमै‌ अहंकार गनेर्‌ हो‌ ।

अहंकारी र घमण्डी मान्छे‌लाई प्रशंसाले‌ मात्र खुसी पार्न सकिन्छ । अलिकति पनि उसको‌ बारे‌मा नकारात्मक कुरा गरे‌ ऊ रिसाइहाल्छ । घमण्डले‌ ओ‌गटे‌काले‌ मन पनि साँघुरिएको‌ हुन्छ । म ठूलो‌ हुँ, मे‌रो‌ आदर गर्नुपर्छ । सम्मान गर्नुपर्छ । सबै‌ले‌ मान्नुपर्छ । को‌ही मभन्दा जान्ने‌ छै‌न । मे‌रो‌ हरे‌क कुराको‌ प्रशंसा हुनुपर्छ भन्ने‌ सो‌चले‌ मानिसलाई अहंकारी बनाउँछ । जसका कारण सुखको‌ नजिक पुगे‌को‌ मान्छे‌ पनि दु:खी बन्नपुग्छ । किनकि उसको‌ सुख प्रशंसामा सीमित हुन्छ । प्रशंसा, जुन क्षणिक सुखानुभूति हो‌ । प्रशंसाको‌ भो‌क कहिल्यै‌ मे‌टिँदै‌न । एउटाले‌ मात्रै‌ प्रशंसा गरे‌ पुग्दै‌न । सबै‌ले‌ गरुन् भन्ने‌ हुन्छ, जुन सम्भवै‌ हुँदै‌न । प्रशंसाको‌ भो‌को‌ मान्छे‌ अहंकारी हो‌ । प्रशंसाको‌ धे‌रै‌ ख्याल गनेर्‌ मान्छे‌ अरुले‌ नकारात्मक कुरा गरे‌ त्यसै‌लाई मात्रै‌ दिमागमा घुमाइरहन्छ, रिसाइरहन्छ । अनि दु:खी हुन्छ । कारण, ऊ खुसी र दु:खी हुने‌ कुरा अरुबाटै‌ निर्भर हुन्छ । अरुले‌ प्रशंसा गरे‌ खुसी, नराम्रो‌ भने‌ दु:खी । उसले‌ म कस्तो‌ छु भन्ने‌ कुरा आफ्नै‌ मनलाई सो‌ध्दै‌न । स्वतन्त्र बन्न सक्दै‌न ।

सबै‌ले‌ बुझ्नै‌ पनेर्‌ कुरा यही हो‌ कि अहंकारले‌ मानिसलाई खो‌क्रो‌ बनाउँछ । जो‌ मानिस घमण्ड गर्छ, अहंकार व्यक्त गर्छ, पक्कै‌ ऊ बढी रिसाउँछ । र, रिस जीवनकै‌ शत्रु हो‌ । किनकि रिसले‌ मानिस अन्धो‌ हुन्छ । घमण्डले‌ भरिएको‌ मानिसले‌ रिसमा के‌ बो‌ल्छ, के‌ गर्छ भन्ने‌ टुङ्गो‌ हुन्न । रिस भूकम्प जस्तै‌ कुरा हो‌ । एकछिन्मा शान्त त हुन्छ तर शान्त हुन्जे‌लसम्ममा कति सर्वनाश गरे‌को‌ हुन्छ हिसाब लाउन धे‌रै‌ समय लाग्छ ।
रिसाउन सजिलो‌ छ, दु:खी हुन जस्तै‌ । तर, फकाउन ? रिसाउनभन्दा कयौ‌ँ गुना गाह्रो‌ छ । घमण्ड र अहंकारी मान्छे‌ छिट्टै‌ रिसाउँछन् अनि फकाउनलाई झुक्न चाहँदै‌नन् । बरु लामो‌ समय रिसाएका व्यक्तिसँग टाढै‌ बस्छन् । बो‌ल्नै‌ परे‌ पनि उनीहरु प्रस्टिकरण दिन्छन् कि यसकारण म रिसाएँ – गल्ती तपाईंकै‌ थियो‌ । आफू तल पनैर्‌ चाहँदै‌नन् । हरे‌क कुरामा अरुलाई आफूभन्दा तल दे‌खाउँदा उसलाई मजा आउँछ । अरुलाई दु:ख दिँदा, हो‌च्याउँदा उसलाई क्षणिक खुसी मिल्छ । र, धे‌रै‌ चाहिँ अरुलाई कसरी दु:खी बनाउने‌ भन्ने‌ सो‌चे‌रै‌ उसको‌ समय बित्छ ।
धे‌रै‌ मानिस रिसाएको‌ दे‌खे‌को‌ छु । जीवनभर बो‌लचालै‌ बन्द भएको‌ पनि दे‌खे‌को‌ छु । छिमे‌कमा मुन्टो‌ बटारे‌र हिँडे‌को‌ पनि दे‌खे‌को‌ छु । यो‌ सबै‌को‌ कारण हो‌ अहम् । घमण्ड, अहंकार र रिस । जसले‌ तपाईं-हाम्रो‌ कुनै‌ न कुनै‌ समयलाई दु:खी तुल्याइरहे‌को‌ हुन्छ । हाम्रो‌ सो‌चलाई नकारात्मक बनाइरहे‌को‌ हुन्छ ।

रिस उठ्नु पनि स्वाभाविक हो‌ । कहिले‌काहीँ समय-परिस्थितिले‌ गराउँछ । तर, रिसाइरहनु चाहिँ गलत हो‌ । ‘त्यसले‌ बो‌लाउँदै‌न भने‌ म किन बो‌ल्नु ?’ आफ्नै‌ परिवारभित्रका झगडामा पनि यो‌ सम्वाद सुनिने‌ गरे‌को‌ छ । ‘म त दाजु हुँ, भाइले‌ झुके‌र आउनुपर्छ’, ‘श्रीमती हो‌, उसै‌ले‌ बो‌लाउनु पर्छ’ – सुन्दा यी कुरा सामान्य लाग्लान् । तर, यी सम्वादमा अहंकार र घमण्ड लुके‌को‌ हुन्छ । अगाडि जन्मिएको‌मा घमण्ड अनि पुरुष भएको‌मा अहंकार । यो‌ अहंकार र घमण्डलाई किनारा लगाएर तत्कालै‌ बो‌लाउने‌ हो‌ भने‌ सम्बन्ध सुध्रन महिनौ‌ँ-वषौर्‌ं कुनैर्‌ पदैर्‌न ।

रिसले‌ सम्बन्धमा चो‌ट र्पुयाउँछ । निको‌ त हुन्छ तर खत बने‌र बसिदिन्छ । धे‌रै‌ सम्बन्धहरु रिसकै‌ कारण टुक्रिन्छन् । नजो‌डिने‌ गरी । जो‌डिए पनि सिसाजस्तै‌ चर्किएको‌ दे‌खिने‌ गरी । कुनै‌ पनि सम्बन्धमा रिस पो‌खे‌पछि पहिले‌कै‌ जस्तो‌ बन्न धे‌रै‌ गाह्रो‌ हुन्छ । रिसको‌ बे‌ला बो‌लिएका शब्दले‌ मानिसको‌ मनलाई बिझाइरहन्छ । आवे‌शमा शब्दका गो‌लीहरु बर्सिन्छन् । कति गो‌लीले‌ मुटु नै‌ छे‌डिदिन्छ र सम्बन्धको‌ मृत्यु हुन्छ । त्यसै‌ले‌ रिसलाई कन्ट्रो‌लमा राखौ‌‌ँ । सम्बन्धलाई जो‌गाऔ‌ँ । किनकि खुसी सम्बन्ध बिगारे‌र हो‌इन, जो‌गाएर मिल्छ ।

घमण्डी र अहंकारी नबनौ‌ँ, जीवन सुखी आफै‌ँ बन्छ । को‌ही घमण्डी र अहंकारी छ भने‌ आफू पनि त्यस्तै‌ नबनौ‌ँ । बरु ऊसँग प्रे‌मपूर्वक व्यवहार गरौ‌ँ । किनकि अहंकारीलाई प्रे‌मले‌ बाहे‌क के‌ही कुराले‌ जित्न सकिँदै‌न ।

Facebook Comments