शौचालय निर्माणमा लागौँ (सम्पादकीय)

हालै भएको एक कार्यक्रममा झापामा अझ३१ हजार घरधुरीले शौचालय बनाउन बाँकी रहेको तथ्य सार्वजनिक गरिएको थियो । सन् २०१७ सम्म झापालाई खुला दिसामुक्त बनाउने अभियानअन्तर्गत जिल्लाभरि नै सक्रियता बढिरहेको बेला आएको त्यस्तो खबरले झापालाई समयभित्रै खुला दिसामुक्त क्षेत्र बनाउन सकिँदैन कि भन्ने भएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको शौचालय निर्माणलाई जोड दिँदै सामाजिक संघसंस्थाहरु लागिपरेका छन् । झापाका विभिन्न क्षेत्रमा शौचालय निर्माण र सरसफाईका बारे स्थानीयहरुसँग अन्तरक्रिया गरिनु सकरात्मक छ । नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य सरकारले लिएको छ । समय सकिनै लाग्दा अभियानले तदारुकता पाउनु राम्रो भए पनि हतार गर्दा अभियान सफल हुनेमा आशड्ढाहरु उब्जिनेछन् । २०१७ भित्रै वा सो समयभन्दा अगाडि नै प्रत्येक टोलटोलमा शौचालय निर्माणको काम सम्पन्न भइसक्नुपर्ने हो । तर, हुन नसक्नु दुखद पक्ष हो ।

पुस १६ गतेअगाडि जिल्लाका सबै घरमा शौचालय निर्माण भएर प्रयोगमा आउनैपर्छ । यसका लागि सरकारले शौचालय निर्माणका लागि स्थानीय नागरिकलाई प्रोत्साहन गर्दै खुला ठाउ“मा दिसा गर्दा हुने हानिका बारेमा प्रस्ट पार्न जरुरी छ । खासगरी विपन्न समुदाय र अशिक्षित वर्गका नागरिकले शौचालयको प्रयोग नगर्ने गरेको सरकारी तथ्याड्ढ छ । निर्धारित लक्ष्य हासिल गर्न अब एक महिनाजति मात्रै बाँकी छ । जिल्लामा खुला दिसामुक्त अभियान सुरु भएको सात वर्ष भइसके पनि अहिलेसम्म पूर्णता नपाउनु दु:खको कुरा हो । खुला दिसामुक्त क्षेत्र घोषणा गर्नुभन्दा पहिले सो क्षेत्रका बासिन्दाको सरसफाईबारे चेतनास्तर उठेको हुनुपर्छ । उनीहरुमा चेतना भए मात्र शौचालय निर्माण गर्नेतफउनीहरु अग्रसर हुन्छन् । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अगुवाईमा विभिन्न स्थानीय तहमा धमाधम शौचालय निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । निर्धारित समयमै काम सम्पन्न गर्न भइरहेको तदारुकता प्रंशसनीय छ ।

पृथ्वीनगर, दुहागढीलगायत क्षेत्रमा भएको सरसफाई सम्मेलनले त्यस क्षेत्रका स्थानीयलाई शौचालय निर्माणका बारेमा जानकारी त होला तर व्यवहारमा उतार्न उनीहरुलाई कठिन हुनसक्छ । त्यस कारण यसको दीर्घकालीन अनुगमन अनिर्वाय छ । शौचालय प्रयोगका लागि देहातका बस्तीमा उत्प्रेरणा पनि उत्तिकै आवश्यक हुन्छ । सहरभित्रै बस्ने अशिक्षित, विपन्न समुदायले शौचालय प्रयोग गर्न अन्कनाउने परिपाटी रहेकाले सरकारले योजना बनाउन जरुरी छ । निजी शौचालय बनाउने जिम्मेवारी नागरिकको भए पनि जनताका लागि सफा पिउने पानीको प्रबन्ध मिलाउने जिम्मेवारी सरकारको हो । खुला दिसामुक्त अभियानसँगै पानीमा पहुँच र त्यसपछि अटेर गर्नेलाई कारबाही अभियान सञ्चालन गर्न सक्नुपर्छ । खुला स्थानमा दिसापिसाब गर्दा हुने हानिका बारेमा विस्तृतमा बुझाउन सकेको खण्डमा मानिसमा शौचालय प्रयोगप्रति उत्साह जाग्नेछ । शौचालय प्रयोग गर्न इज्जत हो भन्ने बुझाउन पनि उत्तिकै जरुरी छ ।

Facebook Comments