कर्णालीमा भलिबल हुने

बुद्धशान्ति, मंसिर १४ । बुधबारेस्थित कर्णाली एजुकेशन फाउन्डेसनले मावि स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयहरुबीचको सम्बन्धलाई सुदृढ गर्ने उद्देश्यसहित आगामी मङ्सिर २९ गते फाउन्डेसन प्राङ्गणमा प्रतियोगिता आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

बुद्धशान्ति गाउ“पालिका, अर्जुनधारा नगरपालिका लगायत आसपासका अन्य क्षेत्रबाट समेत गरी करिब २० वटा विद्यालय प्रतियोगितामा सहभागी हुने फाउन्डेसनका प्राचार्य गङ्गाराम गड्तौलाले जनाए ।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरूले मात्र भाग लिन पाउने बताउ“दै उनले विजेतालाई नगद ५ हजार र उपविजेता विद्यालयलाई ३ हजार रुपैया“ तथा खेलाडीलाई मेडल प्रदान गरिने जानकारी दिए ।

Facebook Comments