मनाङ र आर्मीको भिडन्त आज

काँकरभिट्टा । झापाको काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करणमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीले जीतका लागि आफरुको टिम स्प्रिट उच्च भएको बताएका छन् ।

फाइनल भिडन्त हुनुअघि बिहीबार भएको प्रिम्याच कन्फन्समा त्रिभुवन आर्मीका कप्तान भरत खवास र मनाङका कप्तान विराज महर्जनले आफरु निर्धारित ९० मिनेटभित्रमा जीत निकाल्न मैदान उत्रने बताए ।

शुक्रबार हुने फाइनल प्रतियोगितामा आर्मी र मनाङ आम्नेसाम्ने हुँदैछन् । मनाङलाई सताक्षी गोल्डकपको फाइनलमा बेहोरेको हारको बदला लिने अवसर समेत रहेको छ । ‘हामी र हाम्रा खेलाडी राम्रो रिदममा छाँै’, आर्मीका कप्तान भरत खवासले भने, ‘हामी मनाङलाई हराएर यो वर्षको तेस्रो उपाधि उचाल्ने तयारीमा छाँै, ह्याट्रिक गर्न चाहन्छाँै ।’ दुई वर्षसम्म नेपालमा लिग नभएका कारण अन्य टिमका खेलाडी आर्मीभन्दा तुलनात्मक रुपमा कमजोर भएको पनि उनले बताए ।

त्यस्तै, मनाङका कप्तान विराज महर्जनले पनि आफ्नो टोली स्टार खेलाडीले भरिएका कारण जित्ने दाउमा रहेको बताए । ‘हामीले स्ट्राइकिङ साइडलाई सुधार गरेका छौँ’, उनले भने, ‘शतप्रतिशत हामी दिने प्रयास गर्नेछौँ र सताक्षी गोल्डकपको हारको बदला लिने प्रयास गर्नेछौँ ।’
मौफसलकै सर्वाधिक राशिको पुरस्कार रहेको मेची नेत्रालय गोल्डकपमा बुधबार भएको अन्तिम सेमीफाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडनडेथमा ८-७ गोल अन्तरले हराउँदै मनाङले त्रिभुवन आर्मीसँगको भेटलाई पक्का गरेको हो । त्यस्तै, नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।

काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगतामा नेपालका ए डिभिजनसहित भारतका गरी कुल १० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले आठ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टिमले चार लाख एक हजार रुपैयाँ पाउनेछ ।

Facebook Comments