वै‌दे‌शिक र‌ो‌जगार‌का समस्या र‌ समाधान

  • विज्ञान ढकाल

हिजो‌आज वै‌दे‌शिक र‌ो‌जगार‌को‌ लागि जाने‌हरुको‌ लकोर्‌ लामै‌ छ । सायद हजार‌ाँै‌जना युवा प्रत्ये‌क दिन र‌ो‌जगार‌का लागि विदे‌श जाने‌ गर‌े‌को‌ तपाइर्ं हामी सबै‌लाई जानकार‌ी भएकै‌ कुर‌ा हो‌ । तर‌, जाने‌हरुमा सीपको‌ कमि भएका कार‌ण सो‌चे‌जस्तो‌ काम तथा कमाइ भएको‌ दे‌खिँदै‌न । च्याउजस्ता मे‌नपावर‌ कम्पनी खो‌लिएको‌ छ । ठाउँठाउँमा ठगी बढे‌को‌ २ दे‌खि ६ महिनासम्म पखर्ंदा पनि कतिको‌ भिसा आएको‌ हुँदै‌न हो‌टलमा बसे‌र‌ घर‌बाट ल्याएको‌ र‌कम सकिएको‌ र‌ जाने‌ युवाहरुको‌ हरि‌विजो‌ग भएको‌ प्राय: सबै‌ ने‌पालीहरुलाई थाहा नै‌ भएको‌ कुर‌ा हो‌ । यदि विदे‌श पुगिहाले‌ पनि भने‌को‌ जस्तो‌ वा सम्झौ‌ता गर‌े‌जस्तो‌ काम र‌ ओ‌भर‌टाइम पाएको‌ दे‌खिएको‌ छै‌न र‌ यदि भने‌जस्तो‌ काम नपाउँदा उजुर‌ी गनेर्‌ ठाउँ पनि नभएको‌, सुनुवाई पनि नभएको‌ र‌ कुनै‌ क्षतिपूर्ति पनी अहिले‌सम्म कसै‌ले‌ पाएको‌ दे‌खिएको‌ छै‌न र‌ अकोर्‌ समस्या ब्ाल्लबल्ल विदे‌श आएको‌ तर‌ काम र‌ाम्रो‌ नभएर‌ फे‌रि‌ फकेर्‌र‌ आउन पनि सो‌ युवालाई समस्या नै‌ हुन्छ । तसर्थ, उसले‌ जे‌जस्तो‌ काम भए पनि गर्न बाध्य हुन्छ । किनकि १-२ लाख ऋण घर‌मा बुवाआमा, श्रीमती तथा छो‌र‌ाछो‌र‌ीको‌ आशा ऊप्रति अत्यधिक र‌हे‌को‌ हुन्छ र‌ एउटा युवा खाडीको‌ मरुभूमिमा अहो‌र‌ात्र खटिन्छ । र‌ातदिन नभनी मुस्किलले‌ १ वर्षमा ऋण तिर्न सक्षम हुन्छ । त्यहाँबाट घर‌ायसी खर्च टार्दाटादैर्‌ बाँकीका वर्षहरु बित्छन् र‌ ५-७ वर्षपछि ने‌पाल फकर्ंदा खासै‌ ठूलो‌ उपलब्धि गर्न पनि गाह्रै‌ हुन्छ र‌ ने‌पाल फर्किएर‌ के‌ गर्ने‌ भन्ने‌ ठुलो‌ समस्या दे‌खिएको‌ छ । यी त भए समस्या ।

समाधान के‌ हो‌ला ?
यदि सर‌कार‌ी तवर‌बाट मात्र विदे‌श पठाउने‌ नीतिनियम बने‌ सबै‌ समस्याको‌ समाधान हुने‌ थियो‌ । सीप सिकाएर‌ मात्र वै‌दे‌शिक र‌ो‌जगार‌ विभागअन्तर्गत यो‌ कार्य भए सुनमा सुगन्ध हुने‌ थियो‌ । यसका लगि सर्वप्रथम ने‌पालमा च्याउसर‌ी खुले‌का सम्पुर्ण म्यानपावर‌ कम्पनीहरुलाई नियन्त्रण गर‌ी विभागअन्तर्गत मात्र वा सर‌कार‌ी तवर‌बाट मात्र वै‌दे‌शिक र‌ो‌जगार‌ीमा जान सकिने‌ व्यवस्था भए धे‌र‌ै‌ हदसम्म श्रम शो‌षण हुने‌ थिएन । सर‌कार‌ले‌ बे‌ग्लै‌ एउटा मन्त्रालय तो‌की वै‌दे‌शिक र‌ो‌जगार‌का सम्पूर्ण कार्यजस्तै‌ डिमान्ड ल्याउने‌ भिसा प्रो‌से‌सका कार्य आदि जस्ता कार्य जुन चाहिँ अहिले‌ मे‌नपावर‌ कम्पनीहरुले‌ गरि‌र‌ाखे‌का छन् ती सम्पूर्ण कार्य यदि सर‌कार‌ले‌ गर‌े‌ ज्यादै‌ र‌ाम्रो‌ हुने‌ थियो‌ । वै‌दे‌शिक र‌ो‌जगार‌मा जाने‌ युवाहरु पनि ढुक्क हुने‌ थिए । साथै‌, बीचको‌ दलाली र‌कम पनि लाग्ने‌ थिएन तर‌ यो‌ कार्य त्यति सजिलो‌ चाहिँ पक्कै‌ पनि हुँदै‌न तर‌ असम्भव पनि छै‌न । वै‌दे‌शिक र‌ो‌जगार‌बाट र‌े‌मिट्यान्सबाट दे‌श चले‌को‌ छ भन्ने‌ कुर‌ा सबै‌लाई थाहा हुँदाहुँदै‌ यसमा सर‌कार‌ले‌ ठो‌स कदम चाल्न आवश्यक छ । अर्काे‌ कार‌ण वै‌दे‌शिक र‌ो‌जगार‌ीबाट आएको‌ र‌े‌मिट्यान्स कुनै‌ उत्पादनमुखी कार्यमा खर्च नभई मुख्य घर‌ खर्चमा मात्र प्रयो‌ग भएको‌ दे‌खिएको‌ छ । विशे‌षगर‌ी विलासिताका वस्तुहरुमा ।

ने‌पालमा अहिले‌को‌ अवस्थामा र‌े‌मिट्यान्स दे‌शको‌ अर्थतन्त्रको‌ मे‌रुदण्ड हो‌ भन्ने‌ कुर‌ामा दुईमत छै‌न । यदि सर‌कार‌ी तवर‌बाट मात्र वै‌दे‌शिक र‌ो‌जगार‌को‌ लागि जान पाउने‌ व्यवस्था भए यो‌ अझ सुदृढ हुने‌ थियो‌ ।

ने‌पालमा प्रत्ये‌क नागरि‌कको‌ बै‌ंकमा पहुँच छै‌न तसर्थ जब कुनै‌ युवालाई सर‌कार‌ले‌ वै‌दे‌शिक र‌ो‌जगार‌को‌ लागि विदे‌श पठाउँछ त्यही समयमा अनिवार्य बै‌ंकमा खाता खो‌लाउने‌ व्यवस्था हुनुपर्दछ त्यो‌ पनि सर‌कार‌ी बंै‌कमा मात्र । साथै‌, जुन कम्पनीसँग वै‌दे‌शिक र‌ो‌जगार‌को‌ लागि सम्झौ‌ता भएको‌ छ, सो‌ कम्पनीले‌ कामदार‌हरुको‌ लागि ने‌पालको‌ बै‌ंकमा र‌कम हालिदिनु पनेर्‌ प्रावधान हुनु पर्दछ । तर‌, जो‌ व्यक्ति र‌ो‌जगार‌को‌ लागि विदे‌श गएको‌ छ, उसलाई उसको‌ तलबको‌ के‌ही प्रतिशत मात्र वा उसलाई आवश्यक र‌कम मात्र त्यहाँ दिने‌ बाँकी र‌कम ने‌पालको‌ बै‌ंकमा जम्मा गनेर्‌ व्यवस्था गर्ने  ।

किन यसो‌ गर्ने ?
यसो‌ गर्दा गै‌र‌कानुनी रुपमा पै‌सा पठाउने‌ र‌ हुण्डीमार्फत पठाउने‌ आदि समस्याको‌ एकै‌पटक समाधान हुने‌ थियो‌ र‌ वै‌दे‌शिक र‌ो‌जगार‌ीका लागि जाने‌ कामदार‌हरु ठगिनबाट जो‌गिने‌ थिए । र‌, सो‌ र‌कमको‌ सदुपयो‌ग यसर‌ी गर्न सकिन्छ । ने‌पालले‌ जलस्रो‌तमा मात्र लगानी गनेर्‌ हो‌ भने‌ दे‌श समुन्नत हुन समय नै‌ लाग्दै‌न । तसर्थ, ने‌पालमा पठाएको‌ र‌कम को‌ २० प्रतिशत र‌कम अनिवार्य जलस्रो‌तमा लागानी गर्नुपनेर्‌ र‌ त्यो‌बापत वै‌दे‌शिक र‌ो‌जगार‌मा र‌हे‌का कामदार‌ले‌ सो‌ र‌कमको‌ हाइड्रो‌ पावर‌को‌ से‌यर‌ पाउने‌ र‌ सम्पूर्ण हाइड्रो‌ पावर‌ कम्पनी सर‌कार‌ले‌ आपै‌mँ बनाउने‌ ।

यसो‌ गर्दा के‌ हुन्छ ?
हाल जो‌ व्यक्ति वै‌दे‌शिक र‌ो‌जगार‌का लागि विदे‌श गएका छन् । उनीहरु पाँच वर्ष विदे‌श बस्दा पनी खासै‌ ठूलो‌ उपलब्धि गर‌े‌को‌ दे‌खिएको‌ छै‌न । बढीभन्दा बढी र‌कम घर‌ खर्चमै‌ भएको‌ दे‌खिएको‌ छ । यदि कुनै‌ कामदार‌ले‌ पाँच वर्षमा ५ लाख मात्र हाइड्रो‌ पावर‌मा लगानी गर्दा ऊ फकेर्‌र‌ आउँदा उसले‌ लगानी गर‌े‌को‌ हाइड्रो‌ पावर‌को‌ से‌यर‌बाट मात्र पनि कमसे‌कम एउटा पे‌न्सन जस्तो‌ हुन्छ र‌ ने‌पालमा आएर‌ के‌ गनेर्‌ जस्तो‌ समस्या के‌ही हदसम्म समाधान हुने‌ थियो‌ कि ।

गौ‌र‌व
साथै‌, वै‌दे‌शिक र‌ो‌जगार‌मा जाने‌ युवालाई एउटा गर्वको‌ महसुस हुने‌ थियो‌ कि उसले‌ दे‌श विकासका लागि महत्वपूर्ण यो‌गदान गर‌े‌को‌ छ भन्ने‌ । साथै‌, उसलाई बुढे‌सकालको‌ लागि एउटा पे‌न्सन जस्तो‌ आइर‌हने‌ थियो‌ । यी माथिका सम्पूर्ण कुर‌ाहरु गर्न अलि गाह्रो‌ छ तर‌ असम्भव के‌ही छै‌न । मात्र खाँचो‌ छ त दह्रो‌ सर‌कार‌ र‌ उसको‌ नीतिको‌ ।

यसका लागि स्थायी सर‌कार‌को‌ आवश्यकता पर्दछ । यो‌ दे‌शबाट मे‌नपावर‌ कम्पनीहरुलाई प्रतिबन्ध लगाउन त्यति सजिलो‌ छै‌न । सम्पूर्ण दे‌शको‌ हाइड्रो‌ पावर‌हरु सर‌कार‌ले‌ नै‌ बनाउनुपनेर्‌ हुन्छ । त्यो‌ पनि त्यति सजिलो‌ छै‌न तर‌ गर्न चाहने‌ हो‌ भने‌ के‌ही पनि असम्भव चाहिँ छै‌न । तसर्थ, ने‌ता छान्दा हो‌श र्पुयाएर‌ भिजन भएका विकासप्रे‌मी ने‌तालाई सही ठाउँमा र्पुयाउँदा मात्र माथिका सम्पूर्ण कुर‌ाहरु सम्भव हुने‌छ ।

Facebook Comments