गौरादहमा एक्सेल बैंक

गौरादह, मंसिर १९ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको २० औँ शाखा झापाको गौरादह बजारमा सञ्चालनमा आएको छ । शाखाको औपचारिक उद्घाटन मंगलबारका प्रमुख अतिथि गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार शाह र बैंकका सञ्चालक समिति अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरे ।

आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भूमिका भएको गौरादह बजारमा ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात अन्तरबैंक, भुक्तानी प्रणाली, अनलाइन क्लियरिङ तथा मोबाइल बैंकिङ, रेमिटान्स सेवा लगायतका अधिकांश बैंकिङ सेवाहरु शाखा कार्यालय गौरादहबाट प्रदान गरिनेछ ।

मोरङको उर्लाबारी बजारमा बैंकले १९ औँ शाखा कार्यालय स्थापना गरी उक्त शाखा कार्यालयको समेत औपचारिक उद्घाटन सोमबार गरेको थियो । कार्यक्रमको सञ्चालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए भने गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीवन राईलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments