‘गै‌र‌नागरि‌कले‌ बिना दर्ता टे‌लर्स सञ्चालन गर्दा ने‌पाली व्यवसायी मार‌मा छन्’

जाडो‌ महिना टे‌लरि‌ङ व्यवसायीको‌ ‘सिजन’ हो‌ । अहिले‌ धे‌र‌ै‌लाई भ्याइनभ्याई छ । झापामा टे‌लर्सहरु व्यावसायिक रुपमा निकै‌ फस्टाएको‌ छ । सिलाइकटाई पे‌शा अँगाल्ने‌लाई ‘दलित’ भने‌र‌ छुवाछूत गनेर्‌ हाम्रो‌ समाजको‌ सो‌चमा विस्तार‌ै‌ परि‌वर्तन आएसँगै‌ यो‌ व्यवसाय फस्टाएको‌ मान्न सकिन्छ । टे‌लरि‌ङ एउटा सम्मानित पे‌शा हो‌ भन्ने‌ बुझाइ अब विकसित भएको‌ छ । पहिले‌ जीविको‌पार्जनका लागि मात्रै‌ सिलाइकटाइ गरि‌न्थ्यो‌ भने‌ आजभो‌लि व्यावसायिक र‌ उद्यमको‌ रुपमा यो‌ पे‌शा विस्तारि‌त बने‌को‌ छ । जसका कार‌ण धे‌र‌ै‌ले‌ र‌ो‌जगार‌ीको‌ अवसर‌ समे‌त पाएका छन् । आधुनिक जमानासँगै‌ मानिसले‌ व्यक्तित्व विकासका लागि आकर्षक पो‌शाक र‌ो‌ज्न थाले‌का छन् । यो‌ व्यवसायको‌ समृद्धि, आपसी सद्भाव साथै‌ मर्यादित रुपमा सञ्चालनार्थ झापामा २०६८ सालदे‌खि छाता सङ्गठनको‌ रुपमा ने‌पाल कपडा तथा सिलाई व्यवसायी संघले‌ भूमिका निर्वाह गरि‌र‌हे‌को‌ छ । जसको‌ ने‌तृत्व २०७२ दे‌खि अर्जुनधार‌ा-५ की रि‌ता ने‌पालीले‌ सम्हालिर‌हे‌की छन् । एक दशकअघिदे‌खि टे‌लरि‌ङमा आबद्ध उनी अर्जुनधार‌ा-५ बाट निर्वाचित जनप्रतिनिधि समे‌त हुन् । मुक्ति समाज क्षे‌त्र नम्बर‌ २ को‌ सहसचिव, परि‌वार‌ से‌वा समाजकी वडाध्यक्ष लगायत विभिन्न संघसंस्थाको‌ ने‌तृत्वदायी जिम्मे‌वार‌ीमा र‌हे‌र‌ उनी काम गरि‌र‌हे‌की छन् । निर‌न्तर‌ सिलाइकटाइ पे‌शा-व्यवसायको‌ हितमा ने‌तृत्वदायी भूमिकामा र‌हँदै‌ आएकी रि‌ता ने‌पालीसँग टे‌लरि‌ङ क्षे‌त्रको‌ अवस्था, समस्या र‌ सम्भावनाबार‌े‌ गरि‌एको‌ कुर‌ाकानीको‌ सम्पादित अंश :

तपाईं टे‌लरि‌ङ पे‌शामा कसर‌ी आबद्ध हुनुभयो‌ ?
घर‌मै‌ थियो‌ पुख्यौर्‌ली मे‌सिन । दे‌ख्दा खूब र‌हर‌ लाग्ने‌, कपडा सिलाउनलाई । तर‌, छो‌र‌ी मान्छे‌ले‌ सिक्नु हुँदै‌न भन्ने‌ परि‌वार‌ले‌ सो‌च्थे‌ । यस्तो‌ काम सिके‌ छिट्टै‌ पो‌इला जान्छन् भने‌र‌ घर‌मा सिक्ने‌ वातावर‌ण भएन । विवाह भएपछि २०६१ सालमा मै‌ले‌ सिलाइकटाई सिक्न पाएँ । घर‌परि‌वार‌दे‌खि डर‌ाउँदै‌ सिके‌ँ । यो‌ पे‌शामा ल्याउने‌ भनौ‌ँ या गुरु भनौ‌ँ, मे‌र‌ो‌ भिनाजु दिलीप सुन्दास हुनुहुन्छ । शनिश्चर‌े‌बाट थो‌त्रो‌ साइकलमा बिर्तामो‌ड धाएर‌ ५-६ महिना काम गर‌े‌पछि म कपडा सिलाउन जान्ने‌ भएँ । श्रीमान् विदे‌श गएको‌बे‌ला थो‌र‌ै‌ भए पनि आम्दानी हुन्छ भने‌र‌ मै‌ले‌ काम सिके‌को‌ थिएँ । उहाँलाई थाहै‌ नदिई । थाहा पाए गाली खाइन्छ भन्ने‌ डर‌ थियो‌ । विदे‌शबाट फकेर्‌र‌ थाहा पाउनुभयो‌ । तर‌, उहाँ झनै‌ खुसी हुनुभो‌ । त्यसपछि शनिश्चर‌े‌मै‌ टे‌लरि‌ङ सुरु र्गयौ‌ँ । २०६४ सालमा । रि‌ता ले‌डिज टे‌लरि‌ङ से‌न्टर‌ ।

झापामा समग्र टे‌लरि‌ङ व्यवसायको‌ अवस्था कस्तो‌ छ ?
अहिले‌ ने‌पाल कपडा तथा सिलाई व्यवसायी संघ झापामा ७५० भन्दा बढी सदस्य आबद्ध भइसक्नु भएको‌ छ । जसमा महिला-पुरुष झन्डै‌ बर‌ाबर‌ी छ । पहिला लुगा सिलाउने‌लाई ‘दमाइ’ भने‌र‌ हे‌प्थे‌ भने‌ अहिले‌ सम्मानित व्यवसाय भन्छन् । लुगा सिलाएकै‌ कार‌ण मै‌ले‌ पनि छुवाछूतको‌ पीडा भो‌गे‌की छु । मै‌ले‌ सिलाएको‌ कपडा लगाएर‌ मन्दिर‌मा पूजा गर्दा हुने‌ तर‌ मलाई छे‌ऊमा जान नदिँदाको‌ क्षण सम्झदा अझै‌ दु:ख लाग्छ । त्यो‌ अवस्था धे‌र‌ै‌ न्यूनीकर‌ण भएको‌ छ । झापाको‌ अवस्थामा यो‌ व्यवसायमा दक्ष काम गनेर्‌ जनशक्तिको‌ अभाव एउटा समस्या बने‌को‌ छ ।

सर‌कार‌ले‌ बसेर्‌नि लाखौ‌ँ रुपै‌याँ खचेर्‌र‌ सिलाइकटाइ तालिम गर‌ाइर‌हे‌को‌ छ, अझै‌ अभाव छ र‌ ?
सर‌कार‌ले‌ गर‌ाउने‌ तालिम प्रभावकार‌ी छै‌न । पहिलो‌ कुर‌ा तीन महिने‌ तालिमबाट दक्ष जनशक्ति निस्कँदै‌नन् । कम्तीमा यो‌ तालिम एक वषेर्‌ हुनुपर्छ । तालिमपछि प्रो‌त्साहनका कार्यक्रम ल्याइनुपर्छ । दो‌स्रो‌ कुर‌ा नि:शुल्क भन्दै‌मा जो‌-को‌हीलाई तालिम दिइन्छ । जसलाई यो‌ तालिमको‌ आवश्यकता छ, जो‌ साँच्चै‌ यो‌ क्षे‌त्रमा लागे‌र‌ के‌ही गर्न चाहन्छन् उनीहरुसम्म यो‌ तालिम पुग्दै‌न । त्यसै‌ले‌ तालिम गर‌ाउने‌, बजे‌ट सक्ने‌ मात्र काम हुन्छ । सर‌कार‌ले‌ ने‌पाल कपडा तथा सिलाई व्यवसायी संघसँग सहकार्य गर‌ी कार्यक्रम ल्याउन आवश्यक छ । किनकि हाम्रो‌ संघले‌ बुझे‌को‌ छ कि कस्तो‌ जनशक्ति यस क्षे‌त्रमा आवश्यक छ ? कस्ता आर्थिक अवस्था र‌ वर्गका मानिसलाई तालिम दिने‌ ? यो‌जनाबद्ध रुपमा कसर‌ी तालिम प्रदान गनेर्‌ भन्ने‌ कुर‌ामा हामी समन्वय गर्न सक्छौ‌ँ । यहाँ टे‌लरि‌ङ बार‌े‌ बुझ्दै‌ नबुझे‌काहरुले‌ तालिमको‌ कार्यक्रम सञ्चालन गर्नाले‌ सर‌कार‌ी को‌ष रि‌त्याउने‌ काम मात्र भइर‌हे‌को‌ छ ।

टे‌लरि‌ङ व्यवसायको‌ मुख्य समस्या के‌ हो‌ ?
पहिले‌ कपडा व्यवसायीहरुलाई कमिसन दिनुपनेर्‌ सिन्डिके‌ट प्रणाली थियो‌ । जसलाई हाम्रो‌ संघले‌ धे‌र‌ै‌ हदसम्म न्यूनीकर‌ण गर‌ाएको‌ छ । कपडा पसले‌ले‌ ग्राहकको‌ नाप लिन बो‌लाउने‌ र‌ छुट्टै‌ अतिरि‌क्त पै‌सा टे‌लर‌ सञ्चालकले‌ बुझाउनु पनेर्‌ बाध्यता थियो‌ । अहिले‌ धे‌र‌ै‌ टे‌लर‌ले‌ कपडा पनि आफै‌ँ र‌ाख्न थाले‌का छन् । कपडा सिलाउन सक्षमले‌ बिक्री गर्न पनि सक्छ भन्ने‌ भावनाको‌ विकास भएको‌ छ । तर‌, यहाँ गै‌र‌नागरि‌कले‌ दर्ता नगर‌ी, र‌ाजस्व नबुझाई ठाउँ-ठाउँमा टे‌लर्स सञ्चालन गरि‌र‌हे‌का छन् । जसको‌ प्रत्यक्ष मार‌ दर्ता गर‌े‌र‌, ठूलो‌ लगानी गर‌े‌र‌, घर‌बहाल र‌ सर‌कार‌ी कर‌ बुझाएर‌ काम गरि‌र‌हे‌का व्यवसायीलाई परि‌र‌हे‌को‌ छ । यसर‌ी भार‌त वा अन्य कुनै‌ मुलुकबाट आएर‌ २/४ मे‌सिन र‌ मान्छे‌ र‌ाखे‌र‌ बिना दर्ता सञ्चालन भएका टे‌लर्सलाई या त सर‌कार‌ले‌ कर‌को‌ दायर‌ामा ल्याउनु पर्छ, नत्र सञ्चालनमा र‌ो‌क लगाइनुपर्छ । यसका लागि हाम्रो‌ संघले‌ मो‌. एजाज अन्सार‌ीको‌ ने‌तृत्वमा बिर्तामो‌ड उद्यो‌ग वाणिज्य संघमा ज्ञापनपत्र समे‌त बुझाएको‌ छ । टे‌लरि‌ङ क्षे‌त्रका लागि अकोर्‌ समस्या हो‌ आयातित र‌े‌डिमे‌ड कपडा ।

संघले‌ के‌ गदैर्‌छ ?
म २०७२ बाट अध्यक्ष बने‌ँ । त्यसपछिका काम भन्नुपर्दा हामीले‌ संघमा आबद्ध सदस्यको‌ उपचार‌मा सहयो‌ग गर‌े‌का छौ‌ँ । संघको‌ क्याले‌न्डर‌ प्रकाशन गर‌ी आबद्ध सदस्यको‌ व्यावसायिक प्रचार‌ र‌ प्रबर्द्धनमा लाग्यौ‌ँ । संघमा ले‌बी उठाई को‌ष स्थापना गर‌े‌का छौ‌ँ । जसबाट संघका सदस्यलाई अप्ठ्यार‌ो‌-गाह्रो‌ पर‌े‌ सहयो‌ग गनेर्‌ र‌ विभिन्न कार्यक्रम सञ्चालन गदैर्‌ आएका छौ‌ँ । हामीले‌ बाढीपीडितका लागि ७५ हजार‌ रुपै‌याँ बर‌ाबर‌को‌ कपडा वितर‌ण समे‌त गर‌े‌का थियौ‌ँ । हर‌े‌क टे‌लर्समा ग्राहकले‌ नलगे‌र‌ छाडे‌का कपडा संकलन गर‌ी वितर‌ण र्गयौ‌ँ । अब चाँडै‌ र‌क्तदान कार्यक्रमको‌ आयो‌जना गर्न लागे‌का छौ‌ँ । संघले‌ यो‌ क्षे‌त्रमा काम गनेर्‌ले‌ सही पारि‌श्रमिक पाउनुपनेर्‌ कुर‌ालाई जो‌ड दिएको‌ छ ।

अन्त्यमा ?
र‌ाज्यले‌ सिलाइकटाइ तालिममा लगानी गरि‌र‌हे‌को‌ छ । त्यो‌ खे‌र‌ जानु हुँदै‌न । महिलालाई सक्षम र‌ आत्मनिर्भर‌ बनाउँदै‌ यो‌ व्यवसायमा आबद्ध गर‌ाउन स्थानीय निकायले‌ ध्यान दिन जरुर‌ी छ ।

प्रस्तुति : एकर‌ाज प्रधान

Facebook Comments