अर्जुनधार‌ामा नेपालकै पहिलो होलो ब्लक उद्योग

रमेश समदर्शी

अर्जुनधार‌ा, पुस २ । झापाको अर्जुनधार‌ामा अत्याधुनिक प्रविधिको होलो ब्लक उद्योग सञ्चालनमा आएको छ ।

जर्मनी प्रविधिको स्वचालित मेसिनबाट उत्पादन हुने उक्त उद्योग नेपालकै पहिलो अत्याधुनिक प्रविधि र‌हेको बताइएको छ । उद्योगको आइतबार‌ अर्जुनधार‌ा नगर‌पालिकाका मेयर‌ हरि‌कुमार‌ र‌ानाले उद्घाटन गर‌े । २०७२ सालमा बिल्डकन इण्डष्ट्रिज प्रालिको नाममा दर्ता भएको यस उद्योगबाट पर‌ीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गर‌ेको प्रबन्ध निर्देशक तथा युवा उद्यामी नविन गट्टानीले बताए ।

पर‌म्पर‌ागत उद्योग तथा प्रविधिबाट चिम्नी जडा गर‌ी माटोबाट इँटा बनाउने उद्योग नेपालमा प्रशस्त भए पनि प्रदूषणर‌हित उद्योग एउटा मात्र भएको उनको दाबी छ । करि‌ब ४० कर‌ोडको लागतमा झापाका ९ जना व्यवसायीको लगानीमा सञ्चालनमा आएको यस उद्योगबाट होलो ब्लक, फयास ब्रिक, पेभर्स टाइल्सलगायत पाँच प्रकार‌का निर्माण सामग्री उत्पादन हुँदै आएको छ ।

‘बढ्दो जनसंख्यालाई मध्यनजर‌ गर‌ी प्रदूषणर‌हित वैकल्पिक उद्योगको स्थापना गर्ने उद्देश्यले बिल्डकन स्थापना गर‌ेका हौँ’, प्रबन्ध निर्देशक गट्टानीले भने, ‘जमिन अभावसँगै पुर‌ाना इँटा भट्टाबाट बाक्लो प्रदूषण उत्पन्न भइर‌हेकाले पनि वातावर‌णमैत्री उद्योग सञ्चालनमा ल्याइएको हो ।’

अन्य इँटाभन्दा यस उद्योगबाट उत्पादित इँटालगायत निर्माण सामग्री उच्च गुणस्तर‌युक्त, तौलमा कमी, बलियो र‌ सुर‌क्षित हुनुका सार्थ जोडाइ तथा प्लास्टर‌मा कम सिमेन्ट प्रयोग हुने बिल्डकनका अध्यक्ष भिमचन्द्र भट्टर‌ाईले दाबी गर‌े ।

‘प्रदूषण फैलाउने इँटा भट्टाहरु विस्थापित हुँदै जाने क्रम बढेको र‌ सर‌कार‌ले पनि यस्ता उद्योगलाई विस्थापित गर‌ाउने योजना अघि सार‌ेकाले हामीले अत्याधुनिक मेसिनजडित उद्योग स्थापना गर‌ेका हौँ’, उनले भने, ‘यहाँबाट उत्पादित निर्माण सामग्री वातावर‌णमैत्री छन्, उपभोक्ताको पनि समय र‌ पैसा बचत हुन्छ ।’

उनका अनुसार‌ यहाँ जडित हाइड्रोलिक मेसिनले एक दिनमा ८० हजार‌ पेभर्स टाइल्स र‌ फयास ब्रिक उत्पादन गर्ने क्षमता र‌ाख्छ । त्यस्तै, एक वर्षमा अढाइ कर‌ोड इँटा उत्पादन गर्ने उनले बताए ।

प्रबन्ध निर्देशक गट्टानीका अनुसार‌ पाँच प्रकार‌का उत्पादनसँगै भविष्यमा सडकका नालामा प्रयोग हुने ड्रेन पनि निर्माण गर्ने लक्ष्य लिइएको छ । छिमेकी मुलुक भार‌त र‌ चीनमा अत्यधिक प्रयोगमा र‌हेको यस प्रकार‌का निर्माण सामग्री विदेशमा बसेर‌ फर्केका उपभोक्ताको पहिलो र‌ोजाइ बन्नसक्ने उनको अनुमान छ ।

‘बजार‌मा पाइने इँटालगायत सामग्रीभन्दा महँगो पर्दैन’, उनले भने, ‘हामी बजार‌कै र‌ेटमा बेच्छौँ, तर‌ नयाँ मार्केट भएकाले उपभोक्तालाई बुझाउनु हाम्रो लागि चुनौती छ ।’ सडक निर्माणमा पनि टाइल्स प्रयोग गर्न सकिने उनको भनाइ छ । उनले सडकको धर‌ातल हेर‌ेर‌ एक सय टनको भार‌ क्षमता वहन गर्ने बताए ।

यहाँ उत्पादित होलो ब्लक, टाइल्स, इँटा निजी भवन, ठुला व्यावसायिक भवन, कलकार‌खाना, पुल र‌ बाटोमा प्रयोग गर्न मिल्छ । थोर‌ै खर्चमा मर्मत सम्भार‌ गर्न सकिने अर्को फाइदा र‌हेको उनले बताए । पहिलोपटक अर्जुनधार‌ा-७ स्थित फमती खोला किनार‌मा स्थापित प्रदूषणर‌हित उद्योगलाई सर‌कार‌ले पहल गर‌े सहकार्य गर्दै प्रदूषण र‌ नियन्त्रण गर्ने तथा टिकाउ हुने भौतिक संर‌चना निर्माणमा उद्योगले सहयोग गर्ने प्रालिले प्रस्ताव गर‌ेको छ ।

गट्टानी र‌ भट्टर‌ाईसँगै निकेश गट्टानी, गणेशबहादुर‌ बस्नेत, सुर‌ेशकुमार‌ अग्रवाल, महेश चित्ल्याङ एन्ड ब्रदर्श, सुशीलकुमार‌ अग्रवाल, सञ्जय बगडिया र‌ साहिल अग्रवालले उद्योगमा लगानी गर‌ेका हुन् ।

Facebook Comments