शिक्षक हित साकोसको तीनवटा गाउँपालिकामा समिति

तोपगाछी । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि ‐शिक्षक हित साकोस) झापाले जिल्लाका तीनवटा स्थानीय तहमा आफ्नो समिति विस्तार गरेको छ । यसअघि संस्थाले जिल्लाका नगरापलिका र गाउँपालिकमा समिति विस्तार गरीसकेको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमका अनुसार जिल्लाका दक्षिणी क्षेत्रका हल्दिबारी, कचनकवल र झापा गाउँपालिकामा समिति निर्माण गरेको हो ।

भीमप्रसाद उप्रेतीको संयोजकत्वमा गठित ५ सदस्यीय शिक्षक हित साकोस हल्दिबारी गाउँ समितिको सदस्यमा दिलकुमारी मेचे, इन्दिरा ढकाल, रामप्रसाद पराजुली र उमेश पौडेल छन् । कचनकवलमा सम्पन्न संस्थाका सदस्यहरुको भेलाले तिलकुमार थापाको संयोजकत्वमा ५ सदस्यीय शिक्षक साकोस हल्दिबारी गाउँ समिति सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा राजकुमार राजवंशी, देवीप्रसाद बराल, योगमाया लिम्बू र कुलप्रसाद भट्टराई छन् ।

झापा गाउँपालिकामा सम्पन्न भेलाले मदनकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा ब्रम्हालाल उप्रेती, दुर्गा शिवाकोटी सिटौला, सम्साद अली र इन्द्र कटवाल सदस्य रहेका छन् । सबै भेलाको प्रमुख अतिथि समेत रहेका गौतमले सहकारीका मूल्य मान्यता र सिद्धान्तलाई ध्यानमा राखेर संस्था सञ्चालनमा ध्यान दिनुपर्ने विचार राखेका थिए ।

Facebook Comments