‘कृषि र पर्यटन क्षेत्रको विकासमा केन्द्रीत हुन्छु’

वर्षको उमेरमै व्यवसायमा हात हालेका रुद्र चापागाईं बुधबारे क्षेत्रका लोकप्रिय व्यापारी हुन् । खेतीपाती गर्दै आएको परिवारमा हुर्किएका ५८ वर्षीय चापागाईं सोमबार तेस्रोपटक झापा उद्योग वाणिज्य संघ बुद्धशान्ति शाखाको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । मङ्गलबार आफै निवासमा सञ्चालित सुपारी प्रशोधन केन्द्रमा भेटिएका उनी आफो पछिल्लो कार्यकालमा सो क्षेत्रमा कृषि र पर्यटनको विकासमा बढी केन्द्रित हुने योजनामा छन् ।

धानकाँटाबाट सुरु भएको उनको व्यावसायिक जीवनले धेरै आरोहअवरोह भोगेको छ । बजार लाग्ने बुधबारका दिन धान किनेर बेलुका बेच्ने चापागाईं किसानको खमारमै गएर धान सड्ढलन गर्थे । व्यवसायले फड्को मारिरहेका बेला सन् ९० मा भुटानी शरणार्थी आएपछि लुथरनले चामलको आवश्यकता र्पयो । सेलर मिल नभएका बेला पनि चामल बिक्रीमा लागेका उनलाई त्यो बेला भने व्यापारमा घाटा भयो । ‘त्यो बेला झन्डै पाँच लाख रुपैयाँ घाटा लाग्यो’, उनले भने, ‘मेरो व्यवसाय नै अप्ठ्यारोमा पर्न गयो ।’

त्यसपछि उनले धान र चामलको व्यवसायबाट विश्राम लिए । ऋण लागेर डुबेको लगानी ठेक्कापट्टा गरेर तिरेपछि उनले फर कुटानीपिसानी मिल सुरु गरे । २०४८ देखि २०५७ सालसम्म उनले इलाम, पाँचथर, ताप्लेजुङमा जिविस निकासी, सडक, पुललगायतको ठेक्कापट्टा गरेका थिए । तत्कालीन राजनीतिक अवस्थाका कारण त्यति रफार लिन नसकेको भाडामा लिइएको मिल पनि उनले २०६९ साल छोडे । त्यसपछि उनले पहाडीचोकमा खाद्यान्नको थोक पसल सुरु गरे, जुन हालसम्म पनि निरन्तर छ । यो बीचमा चापागाईंले जग्गाको कारोबार पनि गरे ।
पछिल्लो समय उनी सुपारी व्यवसायमा लागिपरेका छन् । धान व्यापार गर्दा साथीभाइबाट पाएको माया सुपारीमा पनि उस्तै पाउने भएपछि उनले बुधबारे, शान्तिनगर, मेचीनगर क्षेत्रबाट सुपारी सड्ढलन गर्न थाले । ‘बगान नै लिन थालेँ’, उनले भने, ‘पछि सबैको हित हुनेगरी सुपारी सम्बन्धी सहकारी संस्था नै खोल्यौँ ।’ एकपटक तत्कालीन गभर्नर युवराज खतिवडा बुधबारे आएका बेला उनले सुपारी सम्बन्धी सहकारी सञ्चालन गर्ने ‘आइडिया’ दिएको चापागाईं सुनाउँछन् । राज्यबाट सुविधा लिन र व्यवसाय दह्रो बनाउन पनि संस्था आवश्यक रहेको व्यवसायीले बुझेका थिए । त्यसपछि नेपालमै पहिलोपटक सुपारीसम्बन्धी श्री कृष्ण सुपारी सहकारी संस्था दर्ता भयो । चापागाइर्ंले सो संस्थाको दुई कार्यकाल उपाध्यक्ष रहेर काम गरे ।

कृषिलाई बढी प्राथमिकतामा राख्नुपर्छ भन्ने बुझा उनले संस्थापक अध्यक्ष भएर प्रतिष्ठा कृषि सहकारी स्थापना समेत गरे । सो संस्था बुधबारेमा कारोबार गर्नेमध्ये उत्कृष्ट पाँचमा पर्छ ।

संघमा अध्यक्ष पदको ‘ह्याट्रिक’ गरेका चापागाइर्ं बुद्धशान्ति क्षेत्रका उद्योगी व्यवसायीको माया र सद्भावका कारण यो पदमा पुगेको बताउँछन् । उनले संघको कार्यक्षेत्रभित्र केही समस्या पनि देखेका छन् । जस्तो: घरभाडा र करको कुरा । तेस्रो कार्यकालमा उनी यो मुद्दा हल गर्न चाहन्छन् । उनको बुझाइमा व्यवसायीलाई करबारे जानकार बनाउनु र खाता सञ्चालनबारे जागरुक गराउनु संघको प्राथमिक योजना हुनुपर्नेछ । कर कार्यालय मेचीले संघको समन्वयबिना व्यापारीको फर्मका छापा मारेर दु:ख दिएको चापागाईंलाई मन परेको छैन । ‘संघको समन्वयबिना छापा मार्ने काम सरकारले गरिरहेकोछ’, उनले भने, ‘व्यापारीलाई त्रसित नबनाई सम्मानित बनाउने काम राज्यको हो ।’

चापागाईं उनको तेस्रो कार्यकालमा बुद्धशान्तिमा कृषि मिल स्थापना गर्न चाहन्छन्, जहाँ धान, मकै, गुँहलगायतको प्रशोधन गरेर नेपालमै उत्पादन गरेर अर्को मुलुकमा बिक्री गर्ने वातावरण मिलोस् । उनी सो क्षेत्रलाई राज्यले घोषणा गरेको सुपारी सुपरजोनलाई बजारीकरण गरी समृद्ध बनाउन चाहन्छन् ।

एकराज प्रधान

Facebook Comments