आदिवासी जनजाति महोत्सवमा सांसद दर्लामीको हुर्रा नाच

बिर्तामोड । बिर्तामोडमा जारी नेपाल आदिवासी जनजाति महोत्सवमा शुक्रबार नेपाल मगर संघ बिर्तामोड नगर समितिले विभिन्न मगर संस्कृति झल्कने कार्यक्रम गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रदेश सभा सांसद झलकसिंह दर्लामी मगरले गरेका थिए । संघका बिर्तामोड अध्यक्ष गजेन्द्र पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार शिवशंकर थापामगर, जगत राना मगर, ज्योतिसिंह दर्लामी, चन्द्र थापा मगर, रीना मगर, पर्शुराम क्याप्छाकी मगर, इन्द्रबहादुर श्रेष्ठ, दिपेन्द्र चौधरी, छत्रबहादुर श्रेष्ठ, दुर्गा नेम्वाङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिवन मगरले गरेका थिए । कार्यक्रममा मगर संस्कृति झल्कने हुर्रा नाच, कौडा नाच र मगर गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

महोत्सवमा शुक्रबार साँझ ‘मुद्दा हाल्दिन्छु’ गीतका चर्चित गायक दुर्गेश थापाको प्रस्तुति रहेको महोत्सव आयोजक नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् बिर्तामोडका अध्यक्ष गोपाल राईले बताए ।

 

Facebook Comments