काठमाडौं। मेगा बैंकले हकप्रद पश्चात कायम हुने पूँजीमा ९.४५ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकले ६५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो। हकप्रद निष्कासनपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ।
बैंकले घोषणा गरेको बोनस शेयरको ६९ करोड ७१ लाख रुपैयाँ पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ। बैंकले ८ अर्ब रुपैयाँ पूँजी जुटाए पनि टुरिजम् डेभलपमेन्ट बैंकलार्इ गाभ्ने प्रक्रिया पनि अगाडि बढाएको छ।
मंगलबार बसेको बैंकको संचालक समितिको २०६ औं बैठकले बोनस शेयर दिने घोषणा गरेको हो।
Source : http://www.bizmandu.com
Facebook Comments