मोडल डिम्पल खरेललाई देखेपछि गायक रमेश अञ्जान कडरियाको ब्रेक फेल भएको छ । साधारणतया गाडीको ब्रेक फेल हुने घटना सुनिए पनि मायामा ब्रेक फेल भएको यो पहिलो घटना हो । सुन्दर मुहार आकर्षक जिउडाल हिस्सी परेकी डिम्पललाई देखेपछि गायक मात्रै होइन छेउमा भएका अरुको पनि ब्रेक फेल भएको बुझिएको छ । यो म्युजिक भिडियोको प्रसङ्ग हो ।
गायक रमेश अन्जान कडरियाले नयाँ गीत ‘ब्रेक फेल भो’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । एल्वम ‘स्मृति किरण’ समावेश रहेको गीत ‘ब्रेक फेल भो’लाई गीतकार किरण बरालले लेखेका हुन् । गीतमा रमेश कडरियाको संगीत रहेको छ ।
पप आधुनिक शैलीमा रहेको यस गीतको म्युजिक भिडियोमा मोडल डिम्पल र गायक स्वयम्ले अभिनय गरेका छन् । साथमा झापा राम्रो डान्स ग्रुपको रुपमा स्थापित हुँदै गरेको एभरेष्ट गाइज ग्रुपको नृत्य रहेको छ । झापा लगायत भारतको मिरिकमा समेत छायाङ्कन गरिएको यस म्युजिक भिडियोमा सुन्दर लावतीको निदेर्शन, अर्जुन पोखरेलको सम्पादन तथा अर्जुन सापकोटाको छायाङ्कन रहेको छ ।
गायक कडरिया आफ्नो व्यस्तताका बावजुत पनि संागीतिक क्षेत्रमा अडिरहेका छन् । रोजगारीका लागी विदेशी भुमिमा रहे पनि फुर्सदको समय उनले संगीतमा खर्चिरहेका हुन् । दर्जनभन्दा बढी गीतहरुमा उनको आवाज रहेको छ । विगत तीन वर्षअघि यो क्षेत्रमा हाम फालेका कडरियाले एकपछि अकोर् गदैर् सफलता चुमिरहेका छन् ।
‘ब्रेक फेल भो’ सार्वजनिक गरिएपछि विवेचनासँग कुरा गदैर् कडरियाले यस पेसालाई आफूले दामका रुपमा भन्दा पनि हाल नामका रुपमा अघि बढाएको बताए । यसबाटै तुरुन्तै प्रतिफल पाउने आशा आर्थिकरुपमा नरहे पनि दर्शकश्रोताको माया र साथ पाउने विश्वास व्यक्त गरे ।
पातलो रुपमा बजारमा सिर्जना पोखिरहेका कडरियाले अबका दिनमा अलिक बाक्लो उपस्थिति जनाउने भएका छन् । धेरै गीतहरु रेकर्ड भइरहेकाले अब दर्शक तथा श्रोताहरुलाई विभिन्न स्वादका कोसेली पस्कने उनले बताए । गायक कडरियका ‘भुल्न खोजे धेरै धेरै’ लगायत धेरै गीतहरु बजारमा आइसकेका छन् ।