बाल्यकालको याद दिलाउने जुनाको ‘ताराबाजी लै लै…’ सार्वजनिक (भिडियो सहित)

तेजन खड्का
न देखेको भए हुन्थ्यो तिमीलाई बोलको गीतबाट दर्शक श्रोताको मन मुटुमा बस्न सफल गायिका जुना प्रसाईंकोे ‘ताराबाजी लै लै’ को भिडियो सार्वजनिक भएको छ । जुनाले आफ्नै युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । गीतको रचना दीपक शर्माले गरेका हुन् । बाल्यकालको पलहरुलाई गीतमा जसरी पृथक ढङ्गले गीतकार शर्माले चित्रण गरेका छन्, त्यसरी नै गायिका जुनाले पनि मनछुने गरी गीत गाएकी छिन् । ‘ताराबाजी लै लै’ मा गीतकार शर्माकै संगीत रहेको छ ।

‘भिडियो हेर्दा सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण गर्नेछन्’, जुनाले भनिन्, ‘गीतबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु, स्रोताको मन जित्ने पूर्ण विश्वास छ ।’
युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

Facebook Comments