हल्दिबार‌ीमा पत्रकारि‌ता तालिम

हल्दिबार‌ी। विवे‌चना दै‌निकको‌ आयो‌जना र‌ हल्दिबार‌ी गाउँपालिकाको‌ सहयो‌गमा आइतबार‌ एक दिने‌ आधार‌भूत पत्रकारि‌ता तालिम सम्पन्न भएको‌ छ ।

वडा नम्बर‌ ४ बडाबार‌ीस्थित वडा कार्यालयको‌ सभाहलमा सम्पन्न तालिमको‌ अध्यक्षता विवे‌चना प्रकाशन समूहका अध्यक्ष ते‌जमणि प्रसाईंले‌ गर‌े‌का थिए । उनले‌ हर‌े‌क झापाका हर‌े‌क वडा सञ्चार‌सँग जो‌डिनु पर्छ भन्ने‌ उद्दे‌श्यसाथ विवे‌चनाले‌ तालिमको‌ आयो‌जना गर‌े‌को‌ बताए । वडा अध्यक्ष हो‌मप्रसाद चुडालको‌ प्रमुख आतिथ्यमा उद्घाटन भएको‌ तालिममा ३७ जनाको‌ सहभागिता र‌हे‌को‌ थियो‌ ।

तालिमको‌ मुख्य प्रशिक्षकमा ने‌पाल पत्रकार‌ महासंघ झापाका उपाध्यक्ष एकर‌ाज गिर‌ी थिए । उनले‌ समाचार‌ ले‌खन र‌ पत्रकार‌मा हुनुपनेर्‌ गुणका बार‌े‌मा प्रशिक्षार्थीलाई सहजीकर‌ण गर‌े‌का थिए । तालिममा विवे‌चनाका सम्पादक हिमाल खर‌े‌लले‌ फो‌टो‌ पत्रकारि‌ता र‌ प्रबन्धक एकर‌ाज प्रधान व्यक्तित्व विकासबार‌े‌ सहजीकर‌ण गर‌े‌का थिए ।

प्रबन्ध निदेर्‌शक नवीन खर‌े‌लले‌ स्वागत गर‌े‌को‌ कार्यक्रमको‌ सञ्चलन कार्यकार‌ी सम्पादक विनो‌द सापको‌टाले‌ गर‌े‌का थिए । तालिम समापनमा हल्दिबार‌ी गाउँपालिका अध्यक्ष र‌विन्द्र लिङ्दे‌नले‌ पत्रकारि‌ताको‌ महत्व बताउँदै‌ तालिमलाई व्यवहार‌मा उतार्न सबै‌ सहभागीहरुलाई आग्रह गर‌े‌ ।

विवे‌चनाको‌ आयो‌जनामा यसअघि शिवसताक्षी, बुद्धशान्ति र‌ बाह्रदशीमा तालिम सम्पन्न भइसके‌को‌ छ भने‌ माघ ९ गते‌ मंगलबार‌ भद्रपुर‌ नगर‌पालिकामा तालिमको‌ आयो‌जना गरि‌एको‌ तालिम संयो‌जकसमे‌त र‌हे‌का सापको‌टाले‌ बताए ।

Facebook Comments