आइटेल र टेक्नोका मोबाइल बजारमा

बिर्तामोड । अफिन मोबाइल उत्पादक कम्पनी ट्रान्स्जन होल्डिङले आफा दुई उत्पादन मोबाइल सिरिज बिर्तामोडमा बिक्री सुरु गरेको छ ।
ट्रान्स्जनका उत्पादन आइटेल र टेक्नो मोबाइल मेची अञ्चलका ग्राहकलाई लक्षित गर्दै शुक्रबार लञ्च गरिएको हो ।

ट्रान्स्जनको नेपालका लागि आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल प्रालिको टेक्नो मोबाइलतर्फका सेल्स मेनेजर संगीत क्षेत्रीका अनुसार नेपाली बजारमा टेक्नो मोबाइलप्रति प्रयोगकर्ताको आकर्षण बढिरहेको छ । पछिल्लो चार महिनामा डेढ लाख थान टेक्नो मोबाइल बिक्री भइसकेको उनले बताए ।

त्यस्तै, आइटेल मोबाइलतर्फका सेल्स मेनेजर सुशील भेटवालका अनुसार आइटेलका बार र स्मार्ट मोबाइलको बजार बढिरहेको छ । अन्य कम्पनीका मोबाइलभन्दा फरक र उपयोगी विशेषता भएका कारण आइटेल माग बढिरहेको उनले बताए । क्षेत्रीका अनुसार आइटेल र टेक्नो मोबाइल खरिद गर्ने उपभोक्ताले एक सय दिनभित्र मोबाइलमा केही खराबी भए अर्को मोबाइल पाउनेछन् ।

‘हामी सय दिनभित्र हाम्रा मोबाइलमा केही भए रिप्लेस गर्नेछौँ’, क्षेत्रीले भने, ‘यो सुविधा नेपालमा सुरु गर्ने हामी नै हाँै ।’ त्यस्तै, आइटेल र टेक्नो मोबाइलमा १३ महिनाको वारेन्टी रहेको भेटवालले बताए । उपभोक्ताले धान्न सक्ने मूल्यमा गुणस्तरीय मोबाइलका लागि आइटेल र टेक्नो मोबाइल मात्र रहेको कम्पनीको भनाइ छ ।
ट्रान्स्जन होल्डिङले आफै ब्रान्डको ओराइमो नामको एसेसोरिज पनि बजारमा ल्याएको छ । टेक्नोका मोबाइल नेपाली बजारमा ६ हजारदेखि २७ हजार रुपैयाँसम्म पर्ने महालक्ष्मी मोबाइल प्रालिले जनाएको छ । आइटेलका मोबाइल त्योभन्दा सस्तो दरमा उपलब्ध रहेको बताइएको छ । यी दुवै मोबाइलमा ब्याट्री टिकाउ हुनुका साथै अन्य विशेष फिचरहरु रहेका छन् ।

Facebook Comments

10 प्रतिक्रिया