स्वर्ण पदक विजेता दवाडी सम्मानित

काँकरभिट्टा । ‘दोस्रो दक्षिण एसियाली कराँते प्रतियोगिता २०१८’ मा स्वर्ण पदक जितेका झापाली खेलाडी अभिषेक दवाडीलाई शुक्रबार काँकरभिट्टामा सम्मान गरिएको छ ।

गणतान्त्रिक खेलकुद संघ झापाद्वारा स्थानीय भट्टराईचोकमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा संघका जिल्ला सचिव समेत रहेका उनी सम्मानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य तथा मेची ब्युरो इञ्चार्ज भीम सुब्बा, विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य दिपक लकान्द्री (दर्शन) लगायतले विजेता खेलाडी दवाडीलाई खादा र अबिर पर्हियाएर सम्मान गरेका थिए ।

सो अवसरमा संघका झापा उपाध्यक्ष पप्पु साह, नेकपाका झापा कमिटी सदस्यहरु खोमनाथ मिश्र, दिलिप थापा, तेजप्रसाद तिवारीलगायतका नेताको आतिथ्यता रहेको थियो । संघका जिल्ला अध्यक्ष सुरेन्द्र राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बर्मेली डोजोका सचिव अभिजित दवाडीले गरेका थिए । जनवरी २७ देखि २८ तारिखसम्म भारतको आसाम राज्यमा सम्पन्न प्रतियोगितामा दवाडीले नेपालको प्रतिनिधित्व गर्दै ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए ।

Facebook Comments