क्यामोन आई ब्रान्डका मोबाइल सार्वजनिक

विश्वकै अग्रणी स्थानमा रहेको मोबाइल फोन एवं अन्य सञ्चारसम्बन्धी उपकरणको निर्माता ट्रान्ससन् होल्डिङले नेपाली मोबाइल बजारमा उल्लेखनीय रूपमा आफो उपभोक्ता संख्या बढाइरहेको जनाएको छ ।

२०१७ को सेप्टेम्बरमा कम्पनीले विधिवत रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो र विगत ३ महिनाको दौरानमा आइटेल ब्रान्डले १६.५ बजार अंश ओगटी आफूलाई पहिलो स्थानमा राख्न सफल भएको दाबी गरेको छ ।

ट्रान्ससन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो मोबाइल र ओराइमो सेट नेपाली बजारमा भित्रयाएको थियो । यी तीन ब्रान्डहरूले बजारमा आफो हिस्सा उल्लेखनीय रूपमा बढाइरहेको र क्यामोन आइले पनि छोटो समयमै नेपाली ग्राहकको मन जित्ने कम्पनीले विश्वास लिएको छ ।

ट्रान्ससन नेपालले हालसालै क्यामोन आइ ब्रान्डका नयाँ मोबाइल सेटहरू नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको जनाएको छ । फोटो खिच्नका लागि अत्यन्तै उपयुक्त क्यामोन सिरिजका यी नयाँ सेटको क्यामेरामा १३ एमपी रियर, क्वाड एलईडी लेन्स् फ्ल्यास एवं पाँच पी लेन्स लगायत अन्य विशेषताहरू रहेको कम्पनीको दाबी छ ।

इनसेल डिस्प्लेको प्राविधिक विशेषताले गर्दा यी नयाँ मोबाइल सेटहरू प्रयोग गर्दा उत्कृष्ट टच स्क्रिन अनुभव हुनुका साथै ब्याट्रीको पनि कम खपत हुने भन्दै कम्पनीले ३ जीबी आर एएम, ३२ जीबी आर ओएम एवं १३ जीएचजेड क्वाड कोर प्रोसेसर भएको क्यामोन आइ पहेंलो, कालो र नीलो रंगमा उपलब्ध जनाएको छ । यो मोबाइल सेटको बजार मूल्य १८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

Facebook Comments