आयोजक बन्यो च्याम्पियन

कमल । झापाको कमल गाउँपालिका-५ सिथत गुहेश्वरी खेल मैदानमा सञ्चालित प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजकले उचालेको छ ।

शुक्रबार भएको फाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लबलाई हराउँदै आयोजक गुहेश्वरी युवा क्लबले उपाधि हात पारेको हो । आयोजकका तर्फबाट अशोक खवासले खेलको २४ मिनेटमा अग्रता दिलाउन सफल भएका थिए । पहिलो हाफमा आयोजक १-० अग्रता राख्न सफल भयो । सोही गोल नै उपाधिका लागि निर्णायक बन्न पुग्यो ।

दोस्रो हाफ गोलरहित सकिएको थियो । सो खेलको म्यान अफ दि म्याच आयोजकका गिल्सन कन्दङ्वा, बेस्ट गोल किपर किशोर गिरी, बेस्ट डिफेन्डर निरज बस्नेत, बेस्ट मिडफिल्डर इटहरीका उमेश कार्की, बेस्ट स्ट्राइकर वीरेन्द्र लिम्बु, बेस्ट कोच आयोजकका धीरज श्रेष्ठ, हाइ स्कोरर इटहरीका समिर राई र प्ल्यर अफ टुर्नामेन्टका रुपमा आयोजकका अशोक खवासलाई नगद र ट्रफी प्रदान गरिएको थियो ।

गुहेश्वरी युवा क्लबका दिंवगत सदस्य विशाल खड्काको स्मृतिमा गत माघ १९ गतेदेखि सञ्चालित प्रतियोगितामा विभिन्न ८ ओटा फबल क्लबको सहभागितामा रहेको थियो । प्रतियोगितामा विजेताले नगद १ लाख १११ र उपविजेताले ५० हजार ५५५, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे ।

Facebook Comments