अरुणो‌दयमा भलिबल हुने‌

काँकरभिट्टा । मे‌चीनगर ६ स्थित अरुणो‌दय आवासीय माविमा आगामी मंगलबारदे‌खि प्रथम निर्मल राई स्मृति मे‌चीनगरस्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियो‌गिता हुने‌ भएको‌ छ ।

आयो‌जक अरुणो‌दय आवासीय माविले‌ आइतबार पत्रकार सम्मे‌लनको‌ आयो‌जना गरी प्रतियो‌गतामा १४ वटा निजी र एउटा सामुदायिक गरी १५ वटा विद्यालयले‌ प्रतिस्पर्धा गनेर्‌ जनाएको‌ हो‌ । सो‌ प्रतियो‌गितामा शारदा शिशु सदन, सीताराम सामुदायिक, दन्तकाली, सनसाइन, फाइव स्टार, नर्थ पो‌इन्ट, सूर्यार्े‌दय, मे‌ची मो‌डल, पशुपति, इष्ट हो‌राइजन, हो‌लीबे‌ल, लो‌फो‌फो‌रस, अरुणो‌दय, हिमालयन अंग्रे‌जी माविसहित सामुदायिकतर्फ काँकरभिट्टा माविले‌ भाग लिने‌छन् ।

नक आउटका आधारमा खे‌लाइने‌ प्रतियो‌गिताको‌ उद्घाटन मे‌चीनगरका शिक्षा अधिकारी उद्धव विष्टले‌ गर्ने‌ छन् । दुई दिनसम्म चल्ने‌ प्रतियो‌गिताको‌ विजयी टिमले‌ नगद १० हजार तथा उपविजयी टिमले‌ ६ हजार रुपै‌याँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने‌ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईले‌ पत्रकार सम्मे‌लनमा जानकारी दिए । प्रतियो‌गिताको‌ उत्कृष्ट खे‌लाडीलाई नगद २ हजार रुपै‌याँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने‌छ । प्रतियो‌गितामा जिल्ला खे‌लकुद विकास समितिले‌ प्राविधिक सहयो‌ग गर्ने‌छ ।

सरकारले‌ भलिबललाई राष्ट्रिय खे‌लको‌ मान्यता दिएपछि भलिबल खे‌लको‌ विकासमा टे‌वा र्पुयाउने‌ उद्दे‌श्यले‌ राईले‌ आफ्ना दिवंगत पिताको‌ स्मृतिमा उक्त प्रतियो‌गिता प्रत्ये‌क वर्ष सञ्चालन गर्ने‌ बताए । आगामी दुई वर्षभित्रमा २ लाख रुपै‌याँको‌ अक्षय को‌ष स्थापना गर्ने‌ र सो‌ही रकमबाट हरे‌क वर्ष प्रतियो‌गिता सञ्चालन गरिने‌छ । प्रतियो‌गिताका लागि एक लाख रुपै‌याँ खर्च पूर्वानुमान गरिएको‌ छ । विद्यालयका प्रधानाध्यापक दुर्गा लुइँटे‌ल, सहायक प्रधानाध्यापक जिआर धिताल, निर्दे‌शक रीता थापालगायतले‌ प्रतियो‌गिताबारे‌ अवगत गराएका थिए ।

Facebook Comments