‘बुद्धशान्ति’ साप्ताहिक विमोचित

बुद्धशान्ति । बुधबारेमा सोमबार एक कार्यक्रमका बीच ‘बुद्धशान्ति’ साप्ताहिक पत्रिका विमोचन गरिएको छ ।

पत्रीकाका प्रकाशक सुनिल भट्टराई, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल तथा वडा प्रतिनिधिहरुले संयुक्त रुपमा पत्रिकाको विमोचन गरेका थिए । कार्यक्रममा अध्यक्ष भुजेलले बुद्धशान्तिका हरेक गतिविधिलाई समेटेर सर्वसाधारण समक्ष र्पुयाउन प्रकाशन टिमलाई आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष भूर्तेल, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, शिक्षासेवी गणेश निरौला लगायतले निरन्तरताको शुभकामना व्यक्त गरेका थिए । प्रत्येक साताको सोमबार प्रकाशन हुने पत्रीकालाई उमाकान्त खनालले सम्पादन गर्ने भएका छन् । रेडक्रस भवन बुधबारेमा भएको कार्यक्रममा केशव खुलालले स्वागत तथा पुष्प भट्टराईले संचालन गरेका थिए ।

Facebook Comments