Editorial

महाशिवरात्रिको शुभकामना (सम्पादकीय)

हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारण अनि उद्देश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झक्झकाएरै जान्छन् । कति चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाका लागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्यहरु जस्तै धान रोप्ने, अन्न भित्राउने अनि बिजहरु छर्ने आदि स“ग सम्बन्धित छन् । चन्द्रमासको चौधौ“ दिन अर्थात् नया“ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ । वर्षको फागुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतुलनीय छ । यस दिन प्रकृतिले मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफो शरीरमा वहन दिनलाई पनि रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलन छ । हिन्दु धर्मका अनुयायीहरुले शिवरात्रिलाई बढो श्रद्धाका साथ मनाउ“छन् ।

प्राकृतिक सुन्दरताका प्रदाताका रुपमा शिवजीको पूजा आराधना गरिन्छ । फलस्वरुप महिनाको अन्त्यमा अर्थात् वसन्त ऋतुको आगमनस“गै सम्पूर्ण प्रकृति हरियालीयुक्त हुन्छ । प्राकृतिक सुन्दरता चरम उत्कर्षमा पुग्छ । अझ नेपाल त झन् इतिहासले पनि आफो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनको चरण भूमि, कैलाशको छाया परेको भूमि अनि हिन्दुहरुको आस्थाको भूमि हो । विज्ञानले धेरै अध्यनपछि संसारका हरेक कुराहरु अनि जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिवाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ । धर्मअनुसार नाम फरक होला, व्याख्या फरक होला तर शिव तत्वका सिर्जनाका रुपमा मानवको अस्तित्व रहेको विश्वास गरिन्छ । शिवलाई गा“जा भाङ धतुरो आदि सेवन गर्ने पात्रका रुपमा अपव्याख्या या अल्पव्याख्या गर्नु गलत हो ।

संसारमा सबै कुरा शिव तत्वबाटै आउँछ अनि त्यसै तत्वमा मिसिन्छ, धन या जन या तन त्यागेर भन्दा पनि सच्चा मान्छे हुन अहम् त्यागेर त्यागी बन्न जरुरी छ । गा“जा भाङ अनि धतुरोको सेवनले शिव बनाउ“दैन, शिवतत्वको आत्मसात आवश्यक छ । शिवरात्रिमा रिस, राग अनि अहम् त्यागेर अघि बढेको खण्डमा सबैको कल्याण निश्चित छ । महाशिवरात्रि पर्वलाई सुख, शान्ति, समृद्धि प्राप्तिका साथै राष्ट्रिय शान्ति, सामाजिक सद्भाव, आपसी मैत्री तथा करुणा भावका साथ मनाउनुपर्छ । मुलुकमा विद्यमान राजनीतिक विवाद पनि यही शिवरात्रिबाट समाप्त हुने कामना सबै गर्नुपर्छ । पशुपतिनाथलाई विश्वभरिकै हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा श्रद्धा गरिने भएको शिवरात्रिमा विशेष आराधाना पनि हुने गर्छ । पशुपतिनाथको मुलुकका नेपालीले मुलुकको अस्थिरताको अन्त्य र अग्रगामी विकासको कामना गर्दै शिवरात्रि मनाउनेतर्फ लाग्नुपर्छ ।

Facebook Comments