बिर्तामोडमा आज मिस नेपाल अडिसन

स्नेहा सापकोटा

बिर्तामोड । झापामा सोमबार मिस नेपालको अडिसन हुने भएको छ । रुसलान एफएम ९५.२ मेगाहर्जको प्रमुख प्रायोजनमा हिडन ट्रेजरले अडिसन आयोजना गरेको हो ।

मिस नेपाल खोजी अभियानमा आइतबार मिस नेपाल वर्ल्ड निकिता चान्डकले बिर्तामोडका विभिन्न कलेजमा गएर मिस नेपालमा सहभागी हुन विद्यार्थीलाई आह्वान गरेकी थिइन् । सो अभियानको क्रममा चान्डकले मिस नेपालको विजेतालाई मात्र नभई सहभागीलाई पनि यो प्रतियोगिताले उनीहरुको व्यक्तित्वको विकास गर्न सहयोग गर्ने जिकिर गरिन् ।

हिडन ट्रेजरले विगत २३ वर्षदेखि मिस नेपालको आयोजना गर्दै आइरहेको छ । यो २३ वर्षको अन्तरालमा पहिलोपटक झापामा मिस नेपालको अडिसन हुन लागेको हो । झापालीको लागि यो ठुलो अवसर भएको माकामना कलेजका विद्यार्थीले बताए ।
(प्रशिक्षार्थी पत्रकार)

Facebook Comments