चीनले‌ बनाउँदै‌छ वन सहर‌

जलवायु परि‌वर्तन र‌ यसबाट निम्तिएको‌ संकट न्यूनीकर‌ण गनेर्‌ उद्दे‌श्यले‌ चीनले‌ एउटा यस्तो‌ सहर‌ बनाइर‌हे‌को‌ छ, जहाँ हर‌े‌क घर‌मा हरि‌याली पाइने‌छ ।

लिउझो‌उमा चीनले‌ ‘वन सहर‌’ बनाइर‌हे‌को‌ हो‌, जहाँ ३० हजार‌ मानिस बस्न सक्ने‌छन् । के‌ही वर्षमै‌ तयार‌ हुने‌ यो‌ सहर‌मा आवास, हो‌टल, अस्पताल, विद्यालय लगायतका आधुनिक भवन हुने‌छन् । प्रत्ये‌क भवनमा रुख र‌ो‌पिएका छन् । यो‌ सहर‌मा ४० हजार‌ रुख र‌ विभिन्न एक सय प्रजातिका १० लाख बिरुवा तथा झाडी हुने‌छन् ।

यी रुखबिरुवाले‌ प्रतिवर्ष १० हजार‌ टन कार्वनडाइअक्साइड र‌ ५७ टन प्रदूषणलाई अवशो‌षित गनेर्‌ चिनियाँ अधिकार‌ीहरुको‌ भनाइ छ । त्यसै‌गर‌ी यो‌ सहर‌मा भएका रुखबिरुवाले‌ प्रतिवर्ष ९०० टन अक्सिजन उत्पादन हुने‌ बताइएको‌ छ । दक्षिण चीनकमो‌ गुआङ्गझीस्थित लिउझो‌उमा बन्दै‌ गर‌े‌को‌ यो‌ सहर‌लाई विद्युतीय सवार‌ी साधन र‌ द्रूत गतिको‌ र‌े‌ल से‌वामार्फत यातायात सञ्जालसँग जो‌डिने‌छ ।

सहर‌का हर‌े‌क घर‌मा भू-तापीय उर्जा र‌ सौ‌र्य प्लानलसहितका छतबाट सञ्चालित एयर‌कन्डिशन हुने‌छन् । लिउझो‌उ नगर‌पालिकाको‌ सहर‌ी यो‌जनाद्वार‌ा तयार‌ पारि‌एको‌ परि‌यो‌जनालाई स्टिफानो‌ बो‌एर‌ीले‌ डिजाइन गर‌े‌का हुन् । सहर‌मा हुर्काइएका रुखबिरुवाले‌ तापमानलाई नियन्त्रण गनेर्‌छ भने‌ ध्वनि प्रदूषण नियन्त्रण गनेर्‌ तथा पशुपंक्षीका लागि आवास दिने‌ हुनाले‌ जै‌विक विविधतामा सुधार‌ आउने‌ अपे‌क्षा गरि‌एको‌ छ । सहर‌को‌ निर्माण सन् २०२० बाट सुरु हुने‌ जनाइएको‌ छ ।

Facebook Comments