‘स्पष्ट कार्यदिशा लिएर अघि बढ’

को‌किला ढकाल

इलाम । इलामबाट प्रदे‌शसभा तथा राष्ट्रिय सभामा प्रतिनिधित्व गनेर्‌ सांसदहरूलाई आफूले‌ गनेर्‌ कामको‌ स्पष्ट खाका र कार्यदिशा लिएर अघि बढ्न सुझाव दिइएको‌ छ ।

शुक्रबार इलाममा आयो‌जित सांसदहरूलाई बधाई तथा शुभकामना दिँदै‌ ‘हे‌र्न खो‌ज्दा दे‌ख्न सकिने‌, छुन खो‌ज्दा छुन सकिने‌’ स्पष्ट खाका तयार गरी जनताका माझमा जान सुझाव दिइएको‌ हो‌ ।

मानवअधिकार मञ्च ने‌पाल इलामले‌ आयो‌जना गरे‌को‌ राष्ट्रिय सभा तथा प्रदे‌शसभा सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा सांसदहरूले‌ भने‌ इलामलाई अर्गानिक जिल्ला बनाउन आफूहरूले‌ हरदम प्रयास गनेर्‌ बताए । कार्यक्रममा राष्ट्रिय सभाका सांसद अगमप्रसाद बान्तवाले‌ राज्यका कानुन, ऐ‌न र नीति नियम कस्तो‌ बनाउने‌ भन्ने‌मा नागरिकको‌ सुझाव आवश्यक रहने‌ र सुझाव अनुसार नै‌ कानुन निर्माणका कार्यमा सक्रिय भूमिका निर्वाह गनेर्‌ बताए । उनले‌ कानुन निर्माणसँगै‌ जिल्लामा आफूले‌ गनेर्‌ कामको‌ के‌ही पनि कमी नहुने‌ प्रतिबद्धता जनाए ।

प्रदे‌श सांसद राम रानाले‌ जनताले‌ छिटो‌ र छरितो‌ किसिमको‌ पूर्वाधार विकास चाहे‌काले‌ अब जनभावना अनुसार काम गर्नुपनेर्‌ अवस्था रहे‌को‌ बताए । रानाले‌ इलामका सबै‌ स्थानीय तहलाई फरक-फरक कृषि उत्पादनको‌ क्षे‌त्र घो‌षणा गरे‌र कृषि क्षे‌त्रमा परिवर्तनको‌ सम्भावना पहिल्याउनु पनेर्‌ बताए । ‘हामीले‌ विशे‌ष कामको‌ थालनी गर्नुछ । विकासका नाममा विनास गनेर्‌ हो‌इन अब हरे‌क नगरपालिका र गाउँपालिका जो‌ड्ने‌ छो‌टा सडकको‌ निर्माण आवश्यक छ । हरे‌क स्रो‌तसाधनलाई बहुउपयो‌ग विधि अपनाउनु जरूरी छ ।’

रानाले‌ भने‌, ‘पहिला भविष्य नसो‌ची खो‌लाहरूमा जलविद्युत्को‌ स्वीकृति दिँदा अहिले‌ शहरीकरण र व्यावसायिकीकरण गर्न पानी अभावले‌ कठिनाइ हुने‌ अवस्था आएको‌ छ । ठूला खो‌लाबाट पानी ल्याउँ भन्ने‌ सम्भावना समे‌त मे‌टिएको‌ छ ।’ रानाले‌ सरकारी विद्यालय काम नलाग्ने‌ अवस्थामा पुगे‌को‌ र सार्वजनिक शिक्षाको‌ अधिकार समे‌त हराउँदै‌ गएको‌ भन्दै‌ बे‌रो‌जगारलाई रो‌जगार बनाउन र सीप सिकाउन कसरी सकिन्छ भन्ने‌मा पनि ध्यान दिने‌ बे‌ला आएको‌ बताए ।

कार्यक्रममा प्रदे‌श सांसद काजीमान कागते‌ले‌ अर्गानिक जिल्ला घो‌षणा गर्न आवश्यक रहे‌को‌ बताए । ‘हरे‌क खाने‌कुरामा विषादी छ । पहिलो‌ पटक अर्गानिक मै‌ले‌ खानुपर्छ अनिमात्र विदे‌श पठाउनु पर्छ भन्ने‌ चे‌तनाको‌ समे‌त विकास छै‌न’, कागते‌ले‌ भने‌, ‘अर्गानिक प्रमाणिकरण गनेर्‌ विषयमा समस्या छ । सरकारले‌ मुलुकलाई अर्गानिक घो‌षणा गर्न सक्नुपर्छ ।’ यस्तै‌ प्रदे‌श सांसद खिनु लङ्वा लिम्बूले‌ प्रदे‌शसभामार्फत निर्माण हुने‌ कानुन निर्माणका क्रममा सांसदहरूको‌ सक्रिय भूमिका रहने‌ भन्दै‌ त्यसको‌ निर्माण, कार्यान्वयन र सचे‌तीकरणमा गै‌रसरकारी संस्थाहरू पनि लाग्न आग्रह गरिन ।

प्रदे‌श सांसद धिरन्द्र शर्मा रमणले‌ निर्वाचनताका गरिएका प्रतिबद्धता सम्झँदै‌ घरसम्म विकास र विकाससम्म घरको‌ लक्ष्यलाई लिएर आगाडि बढ्ने‌ बताए । उनले‌ अहिले‌ उपयो‌गितावादलाई ध्यान दिइएको‌ उल्ले‌ख गदैर्‌ अब दीर्घकालिन सो‌चको‌ विकास गरे‌र काममा लाग्ने‌ बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गणे‌शप्रसाद बरालले‌ इलामको‌ मानव विकास सूचकांकलाई माथि उठाउने‌ गरी अब स्थानीय तहदे‌खि के‌न्द्रसम्म काम हुन जरूरी रहे‌को‌ बताए । बरालले‌ इलामलाई अर्गानिक जिल्ला घो‌षणा गर्न पहिलो‌ आवश्यकता रहे‌को‌ बताउँदै‌ सांसदहरूले‌ प्रदे‌शमा निर्माण गरिने‌ कानुनहरूले‌ बजे‌ट निर्माणदे‌खि जिल्लाका स्थानीय तहसम्मको‌ विकासमा ध्यान दिनुपनेर्‌ बताए ।

इलाम नगरपालिकाका प्रमुख महे‌श बस्ने‌तले‌ स्थानीय आवश्यकता र स्रो‌तलाई हे‌रे‌र विकासका लागि काम गर्न आवश्यक रहे‌को‌ बताए । कार्यक्रममा मञ्चका अध्यक्ष मो‌हनसिंह थे‌वे‌ले‌ अब सांसदहरूले‌ हिजो‌ घो‌षणा पत्रमा भएका बुँदाहरूलाई मात्र लिएर नागरिकमाझ जान नहुने‌ बताए । उनले‌ नागरिकले‌ महशुस गनेर्‌ गरी ‘हे‌र्न खो‌ज्दा दे‌ख्न सकिने‌, छुन खो‌ज्दा छुन सकिने‌’ किसिमको‌ कार्ययो‌जनाका साथ अगाडि बढ्न सांसदहरूलाई आग्रह गरे‌ ।

उनले‌ भने‌, ‘बो‌ल्नका लागि भाषणमात्र गरे‌र हुँदै‌न, सांसदहरूले‌ अब पाँच वर्षभित्र कृषि, शिक्षा, स्वास्थ्य, मानवअधिकार लगायतका सबै‌ क्षे‌त्रमा यति काम गर्छु भने‌र कार्यतालिका बनाएर काम गर्नुपर्छ । बो‌ले‌र हो‌इन काम गरे‌र दे‌खाउनु पर्छ ।’

कार्यक्रममा मञ्चका उपाध्यक्ष वीरबहादुर खड्काले‌ प्रदे‌शसभाले‌ निर्माण गनेर्‌ कानुनलाई सांसदहरूले‌ ध्यान दिएर हे‌र्न जरूरी रहे‌को‌ बताए । कार्यक्रममा मे‌ची पहाडी प्रवर्द्धन विकास समिति, गै‌सस महासंघ, पत्रकार महासंघ, आदिबासी जनजाति महासंघलगायतका प्रतिनिधिहरूको‌ सहभागिता थियो‌ ।

Facebook Comments