श्रीदेवीको मृत्यु शंकास्पद, मर्नुअघि ४८ घन्टासम्म होटलको कोठामै थिइन् उनी

काठमाडौं, १४ फागुन । बलिउड अभिनेत्री श्रीदेवीको शनिवार राति कार्डिएक अरेस्टका कारण मृत्यु भएको बताइएको छ । तर उनको मृत्युका सम्बन्धमा अनेकथरी कुरा बाहिर आइरहेका छन् ।

उनका पति बोनी कपूर उनलाई सरप्राइज दिनका लागि फेरि दुबई पुगेको र उनलाई डिनरमा लग्न खोजेको बताइएको छ ।

फ्रेश हुनका लागि उनी बाथरूम गएकी थिइन् तर १५ मिनट बित्दा पनि बाहिर निस्किइनन् । पछि बाथरूम खोलेर हेर्दा उनी बाथटबमा लडिरहेको भेटिइन् ।

अर्को कुराको पनि खुलासा भएको छ । पति र छोरी मुम्बई फर्केपछि श्रीदेवी दुबईको होटलको कोठामा एक्लै थिइन् । मृत्युभन्दा ४८ घन्टाअगाडिसम्म उनी बाहिर पनि निस्केकी थिइनन् ।

परिवारको एक निकटवर्ती सदस्यलाई उद्धृत गर्दै खलीज टाइम्सले रिपोर्ट गरेअनुसार, बोनी कपूर बिहेमा भाग लिएर मुम्बई फर्किसकेका थिए । तर शनिवार उनी फेरि दुबई फर्किए र साँझ साढे पाँच बजे जुमैरा एमिरेट्स टावर होटल
गए । श्रीदेवी त्यहीँ बसेकी थिइन् । बोनी श्रीदेवीलाई सरप्राइज डिनर दिन चाहन्थे ।

बाथरूम छिरेकी श्रीदेवी धेरै बेर बाहिर नआएपछि बोनीले धक्का दिए ढोका खोले । भित्र हेर्दा श्रीदेवी अचेत अवस्थामा थिइन् । उनलाई तुरुन्तै अस्पताल लगियो ।

दुबई प्रहरीले होटलको पूरा फ्लोर नै सील गरिदिएको छ र आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रीदेवी, बोनी कपूर र उनीहरूकी कान्छी छोरी खुशी भान्जा मोहित मारवाहको बिहेमा भाग लिन दुबई गएका थिए । बिहे २२ फेब्रुअरीमा भएको थियो ।

प्रारम्भिक रिपोर्टमा श्रीदेवीको मृत्युको कारण कार्डिएक अरेस्ट बताइएको छ । तर बोनीका कान्छा भाइ सञ्जय कपूरका अनुसार, श्रीदेवीलाई मुटुरोग थिएन ।

बरू कस्मेटिक सर्जरीका कारण श्रीदेवीको मृत्यु भएको कुरा बताइँदैछ ।

श्रीदेवीले २९ वटा सर्जरी गरिसकेकी थिइन् । एउटा सर्जरीमा गडबडी हुँदा उनी डाइट पिल्स र बुढ्यौली रोक्ने औषधिहरू खाइरहेकी थिइन् ।

फोरेन्सिक रिपोर्टपछि मात्र शरीर परिवारलाई सुम्पिइनेछ । पोस्टमार्टम तथा अन्य प्रतिवेदनमा केही कुरा शंकास्पद लागेमा पार्थिव शरीर सुम्पिन थप समय लाग्छ ।

दुबईमा विदेशी नागरिकको स्वाभाविक मृत्यु हुँदा पनि कानूनी प्रक्रिया पूरा गर्नका लागि दुई दिन लाग्छ ।

Source : lokaantar.com

Facebook Comments