dav

‘हिरोइनका पोस्टरले बजार पिट्ने दिन आए’

काठमाडौं । रेखा थापा नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा पुरुष अभिनेताको नायकत्व फस्कटाएको बेला थियो । महिलाले हिरोका रूपमा फाइट खेल्ने भूमिकामा  अभिनय गर्नु चुनौतीपूर्ण मानिन्थ्यो ।

हिरोइनको भूमिका सुन्दरी बनेर हिरोका अघिपछि नाच्नु, रोइधोइ गर्नुमै समिति थियो । ‘आमाबुबाको सपना म डाक्टर बनोस् भन्ने थियो,’ थापाले भनिन् , ‘तर मेरो सपना र उद्देश्य फरक थियो।’

आफ्नो सपना पूरा गर्नकै लागि १४ वर्षको उमेरमा उनी मोरंङमा आयोजित सौन्दर्य प्रतियोगितमा सहभागी भइन् । प्रतियोगितामा उनी सफल भइन् । त्यसपछि उनी घर र पढाइ छाडेर काठमाडौं आइन् ।रेखाले राजेश हमालको मुख्य अभिनय रहेको ‘हिरोे’ फिल्म खेल्ने अवसर पाइन् । त्यस फिल्ममा उनको भूमिका परम्परागत नायिकाकै थियो । फिल्मको ठूलो पोस्टरमा हमाल छाउँदा रेखाको फोटो फोटो भने सानो आकारमा आयो।

पोस्टरमा अटाएको उनको फोटोले नै उतिबेला  नेपाली फिल्ममा हुने नायक र नायिकाको विभेद प्रस्ट पाथ्र्यो । ‘सुटिङमा नायक डेढदुई घण्टा ढिला आउँथे तर नायिका दुईघण्टा अघि पुग्नुपथ्र्यो । नायकको तुलनामा नायिकालाई पारिश्रमिक पनि निकै कम,’ रेखाले बुधबार सम्झिइन् । रेखाले आफ्ना ती अनुभव राजधानीमा बुधबार आयोजित ‘म बोल्छु’ कार्यक्रममा सुनाएकी हुन् । कार्यक्रममा थापाजस्तै संघर्ष गरेर स्थापित भएका महिलाहरूले आफ्नो अनुभव साटेका थिए।

अभिनय यात्राको लामो दौडमा महिलाले छोटो पहिरन लगाएकै भरमा चुनौतीपूर्ण भूमिका निर्वाह गर्न हुन्न भन्ने सोचलाई आफूले तोडेको दाबी थापाले गरिन् । उनले चलचित्र क्षेत्रमा महिलालाई नायकको वरिपरि नाच्न मात्र होइन रोइधोइको भूमिका दिने परम्पराको विरोध गरेको पनि दाबी गरिन् ।सोह्र वर्षको उमेरमा निर्माता, निर्देशक छविराज ओझासँग बिहे गरिन् । सपनाको बाटोमा हिँडेका बेला गरिएको त्यो विवाह समयभन्दा धेरैअघि भएको उनले महसुस गरिन्।

अहिले उनी फिल्म निर्माण, अभिनयसँग बालबविवाहविरुद्धको अभियानमा सक्रिय छिन् । छविसँग डिभोर्स गरेपछि पनि उनले महिला भावका फिल्म गरिरहेकै छिन् । ‘पहिले फिल्मको नायक को भनेर सोधिन्न्थ्यो । अहिले नायिका को भनेर सोध्ने दिन आयो,’ उनले फिल्म क्षेत्रमा आएका परिवर्तनका कुरा सुनाइन्, ‘हिरोइनका ठूला पोस्टरले बजार पिट्ने दिन आएका छन्।’

छोराले बाबुबाजेको विर्तामा वर्षौ खेलिरहे पनि महिलाले भने आफ्नो घर, परिवार र समाज नै छाडेर अर्को घरमा समाहित हुनुपर्ने परिवेशका कारण दोब्बर चुनौती रहेको उनले बताइन् । छोरा वा छोरी दुवैले प्राकृतिक रूपमा पाउनुपर्ने हरेक अधिकार उस्तै रूपमा पाउनुपर्छ भन्नेमा सचेत छिन् ।पछिल्लो समय राजनीतिक फाँटमा सक्रियता बढाइरहेकी रेखा भन्छिन्, ‘किस्तीमा दिएको जीन्दगी कतिदिन बाँच्ने ? आरक्षणको नामको किस्ती कति दिन स्वीकार्ने ?’

उनले किस्तीको जिन्दगी नचाहने भएकाले पछि परेको उनको आसय छ । छोरी जन्मेपछि २५ हजार, वृद्धभत्ताको व्यवस्थाभन्दा पनि निशुल्क उपचार र अवसरको ढोका खोलिनुपर्ने उनको धारणा छ । गाउँ–गाउँका महिलाको आँखामा अझै पनि पारिवारिक, सामाजिक र राज्यको डर उस्तै रहेको उनले औंल्याइन्।

कार्यक्रममा समलिंगी पिंकी गुरुङले आपूm राजीव गुरुङबाट पिंकी हुँदाको संघर्षको कथा सुनाइन् । गाउँमा ६ महिना र ३ वर्षको दुई छोराको अकालमै मृत्यु भएपछि उनका बुवाले एउटी छोरी र उनलाई लिएर काठमाडौं आए । सिद्धी गणेश स्कुलमा पढ्दै गर्दा नौ दश वर्षको उमेरदेखि उनमा परिवर्तन आउन थाल्यो।

किशोरावस्थामा उनको हाउभाउ केटाको जस्तो नभई केटीको जस्तो हुन थाल्यो । स्कुलमै उनी हेयको पात्र बने । ‘स्कुलका केटासाथी र शिक्षक शिक्षिकाले पनि मलाई यातना दिन थाले,’ उनले बाल्यकालको पीडा सुनाइन्, ‘कसैले साथी बनाएनन् । एक्ली भएँ।’

एसएलसीपछि शारिरीक स्वरूप केटाको जस्तो भयो तर केटीको गुण हराएन । केटाभन्दा केटी मनपर्न थाले ।समाज र साथीभाइको विभेदमा परेपछि मानसिक र शारीरिक रूपमै विक्षिप्त भए । घरि लामा बन्नका म्हैपीको गुम्बा त घरि विपश्यना गर्न आश्रमतिर पुगे।

समय क्रममा उनीजस्तै स्वभाव भएका पात्रहरू भेटेपछि अरु पनि म रहेछन् भन्ने थाहा पाएर तीनको संगत बढाउन थाले । तथापि म त्यस्तै हो कि होइन भन्ने अन्तरद्वन्द्वमा रुमल्लिइरहे । त्यो बेला छक्का र हिजडा जस्ता शब्दकै वरिपरि आपूmलाई खोज्न थाले । नाटक र फिल्ममा हास्यपात्रका रूपमा लिइने त्यो शब्द उनलाई मनपर्दैन थियो । तर आपूmजस्तै व्यक्ति भेटेपछि राहत महसुस गरे।

सन २००० तिर सुनिलबाबु पन्तले उनीहरूलाई संगठित गर्न थालेपछि बल्ल उनले आफ्नो फरक अस्तित्वका बारेमा बुझे । ब्लु डायमण्ड सोसाइटीको यात्रा सुरु गर्न डराउँदै लागेको उनी सम्झिन्छिन्। ‘समुदाय त के राज्यलाई समेत समलिंगीको अधिकारका बारेमा थाहा थिएन । त्यस्तो बेला के भनेर लाग्ने भन्ने अन्यौल थियो,’ उनले भनिन्, ‘कहिले द्वन्द्वको चपेटामा पर्दै त कहिले हेला सहँदै हिड्यौं ।’उनीभित्रको महिला गुणकै कारण हेपिनु परेकाले यो समस्यामा महिला वर्गले साथ दिएको उनले स्वीकारिन्।

महिलामा सहनशीलता, कोमलता जस्ता गुणका कारणले पुरुष सोचभन्दा महत्वपूर्ण रहेको उनले औंल्याइन् ।कार्यक्रममा विभिन्न क्षेत्रका महिलाले आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा सामाजिक अभियन्ता मञ्चला झा,  एचआइभी संक्रमित मथुरा श्रेष्ठ र एमाले नेता सीता गिरीले पनि आफ्ना संघर्षका कथा सुनाएका थिए।

Source : nagariknews.com

Facebook Comments