आयो ‘मायाको बोके दाह्री’

अनुष्का घिमिरे र नरेश विसीको स्वरमा लोक पप ‘मायाको बोके दाह्री’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अनुष्का घिमिरेको शब्द र संगीत रहेको प्रस्तुत गीतको प्रस्तुतकर्ता पनि अनुष्का नै हुन्।

गीतमा गहिरो मायामा परेका जोडीको भावनालाई समेटने काम गरेको उनले जानकारी दिइन्।

गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र रमुना विकले अभिनय गरेका छन्।

भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन विकले गरेका छन्।

 

source : https://nepalkhabar.com

Facebook Comments