चर्चित अन्तर्राष्ट्रिय महिलाको सूचीमा दीपिका

मुम्बई । ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोण चर्चित अन्तर्राष्ट्रिय महिलाको सूचीमा परेकी छन्।

महिला दिवसको अवसरमा भराइटी म्यागजिनले सार्वजनिक गरेको सूचीमा दीपिका परेकी हुन्। म्यागजिनले संसारभरका महिला (जसले आफ्नो कामबाट समाजलाई सकारात्मक प्रभाव पारे)लाई सूचीमा राखेर सम्मानित गरेको हो।

यो सूचीमा भारतबाट दीपिकालाई फिल्ममा उनको योगदान र परोपकारी प्रयासमा भाग लिनुका साथै विवादलाई सरलताका साम्य पार्न सक्ने क्षमताका लागि सम्मानित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। आफ्नो नाम सूचीमा अटाएपछि दीपिकाले आफूलाई सम्मानित महसुस गरिरहेको भन्दै भराइटी म्यागजिनलाई धन्यवाद दिएकी छन्।

यो सूचीमा समाजलाई सकारात्मक प्रस्तुती दिने अधिकारी, निर्माता र कार्यकर्ताअन्तर्गत एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाबाट ५० महिला सामेल छन्।

सूचीमा हलिउड अभिनेत्री निकोल किमैन, सलमा हायेक, गल गडोट, डेजी रिडसहित कैयौ सामाजिक कार्यमा संलग्न महिलाको नाम छ।

Facebook Comments