पुराणको उद्देश्यमा साथ दिऔँ (सम्पादकीय)

झापा झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको स्वामित्वमा रहेको १० बिघा क्षेत्रमा अस्पताल, प्राविधिक शिक्षालय, १५ सय क्षमताको सभाहल र राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने उद्देश्यसाथ सुरु भएको पुराणमा आशालाग्दो सहयोग रकम जुटिरहेको छ । आजभोलि सामाजिक कार्यका लागि आर्थिक संकलन गर्ने गतिलो र भरपर्दो माध्यम पुराण बन्दै आएको छ । हिउ“द महिना सुरु भएपछि मुलुकभरि नै पुराणको आयोजना हुन्छन्, जो सामाजिक काममा रकम संकलन गर्ने कडीको रुपमा देखि“दै आएका छन् । झापामा मात्रै पनि यसअघि धेरै पुराणहरु विद्यालय, आश्रम, मन्दिर, सामुदायिक भवन निर्माणका निम्ति आयोजना भइसकेका छन् । झिलझिलेमा भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको चौथो दिनसम्म झन्डै एक करोड रुपैया“ आर्थिक संकलन भइसकेको छ । दाताहरुले कबोल गरेको रकम पुराण सकिने बित्तिकै पुराण आयोजक समितिलाई बुझाएको खण्डमा मात्रै उद्देश्य सार्थक हुनेछ ।

सरकारी तवरबाट हुने काम र योजनाहरु स्थानीयबासीको उत्साह भयो भने सम्भव छ भन्ने पनि झिलझिलेको पुराणले छा“ट देखाएको छ । झापामा धेरै ठूलो धनराशि खर्च गरेर पुराणहरु आयोजना हु“दै आएका छन् । केही पुराण आफो लक्ष्यसम्म पुग्न सक्छन् भने केहीमा आर्थिक अनियमितता हुने भएकाले हिसाबकिताबको कुनै लेखाजोखा हु“दैन । पुराणको यो विकृत पक्षले आम मानिस र दातामा नैराश्यता पैदा गरिरहेको हुन्छ । पवित्र मनले दान गरेको आफो सम्पत्तिको दुरुपयोग हुनु र केही सीमित व्यक्तिले त्यसमा मोज गर्नु गलत हो । केही पुराणबाट रकम संकलन त हुन्छ तर सही काममा र उद्देश्यअनुरुप खर्च वा लगानी हु“दैन । तर, झिलझिलेको पुराणमा अन्य क्षेत्रमा जस्तो संकलित रकमको दुरुपयोग हुने छैन भन्ने आशा गर्न सकिन्छ । पुराणमा रकम संकलनको उत्साह हेर्दा सही काममा संकलित दान खर्च हुनैपर्छ ।

एक हप्तासम्म सञ्चालन हुने पुराणबाट संकलन भएको नगद तथा जिन्सीको सही सदुपयोग गर्दै काम सुरु गर्नु प्रतिष्ठानको पहिलो कर्तव्य हो । संकलन भएको रकम र कामको बारेमा सबैले खबरदारी गर्न पनि आवश्यक छ । स्थानीय सरकार र प्रशासनले पुराणका नाममा हुने गलत कार्यलाई निरुत्साहित गर्दै सही कामका लागि रकम खर्च गर्ने वातावरणमा सहयोग र्पुयाउनुपर्छ । आर्थिक संकलनको सजिलो तरिका भए पनि पुराणलाई कतिपयले कमाइखाने माध्यम बनाउ“दै आएको छर्ल· छ । हाम्रै क्षेत्रवरिपरि लगाइने सार्वजनिक पुराणहरु आर्थिक रुपमा बद्नाम छन् । आयोजक र केही स्वार्थी मानिसको चंगुलमा पुराण पर्दा त्यसको खास उद्देश्य गौण बन्दै आउने गरेको छ । यस्ता खराब गतिविधि रोक्ने काम हामी सबैको जिम्मेवारी हो । पुराणजस्तै काम पनि त्यस्तै पवित्र बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्न जरुरी छ ।

Facebook Comments