मेची महकाली गट टेलेन्टको अडिसन झापाबाट सुरु ।

बिर्तामोड । मेची महकाली गट टेलेन्टको अडिसन पुर्वी नेपालको झापाको बिर्तामोडबाट सुरु भएको छ । विभिन्न प्रतिभा भएका प्रतियोगिको प्रतिभा उजागर गर्ने उदेश्यले ग्रेड वान मिडिया प्राइभेट लिमिटेडले आयोजना गरेको रियालिटी शो कोअडिसन झापाको बिर्तामोड होटल फ्लोरिडाबाट शनिबार सुरु भएको हो ।

नेपालमा धेरै रियालिटि शो रहेपनि बिविध प्रतिभालाई एकै मञ्चबाट बाहिरी ल्याउने शो नभएकाले यो कार्यक्रम आयोजना गरेको कार्यक्रम कोअर्डिनेटर देब मगरले जानकारी दिनुभयो ।

बिर्तामोडको अडिसनमा झापा, इलाम, मोरङ्ग र सुनसरिबाट आएका ११२ जना प्रतियागिहरु मध्ये १७ जना अडिसनबाट छनौट भएका छन। अबको अडिसन इटहरिमा गर्ने भनिएपनि केहि प्राविधिक कारण हेटैडामा गरिने आयोजकको प्रबन्धक मगरले जानकारी दिनुभयो । त्यसैगरि अडिसन क्रमश नेपालगञ्ज, पोखरा, बुटवल, बर्दीबास, नारायणगढ र अन्तिममा काठमांडौमा गराइने छ ।

यस रियालिटी शो मा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउने छन । शो को निर्णायकमा ख्याति प्राप्त कलाकारहरु सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भिर बिष्ट रहनुभएको छ । प्रतियागिता यहि चैत ४ गतेबाट प्रत्येक आइतबार र सोमबार सगरमाथा टेलिभिजनबाट बेलुका ९ बजेदेखि हेर्न सकिनेछ ।

मेचीमहाकारी गट टेलेन्ट शोको विजेताले नगद २१ लख रुपैयाँ प्राप्त गर्ने छ भने द्धित्तिय र तृतियको भने केहि दिनमै पुरस्कारको निर्धारण गरिने आयोजकले जनाएको छ । कार्यक्रमको होस्ट चर्चित कार्यक्रम प्रस्तोता सुरज प्रधान र अम्मी बिष्टले गर्नु भएको छ ।

Source : Hamrodamak.com

Facebook Comments